Saturday, November 12, 2011

गजल - ८१

आफुलाई परेपछि थाहा हुँदो रै'छ
अरुलाई पर्दा मान्छे कहाँ रुँदो रै'छ ,

अरुलाई छुरा जस्तै हानि र'ने मान्छे
आफन्तले हाने मात्र, मुटु छुँदो रै'छ,

छिमेकी नै को हो के हो गरी हिड्ने मान्छे
नचिने नि, दु:ख परे साह्रै लुँदो रै'छ,

जिन्दगी त बाचुञ्जेल सबैसँग हाँसे
कष्टकर नभएर, साह्रै खुदो रै'छ,

के गरेर बाँच्ने ? भन्ने प्रश्न सधैँ रहे
खुशी खोज्दै बाँच्नुपर्ने, यौटै बुँदो रै'छ ।।

२०६७-१२-०६,२०:०५ बजे

No comments:

Post a Comment