Sunday, December 19, 2010

घर छोडि परदेश आउँदा

घर छोडि परदेश आउँदा के के आश जागी रह्यो
एउटा फाटो नपठाउदा रोउँ रोउँ लागि रह्यो

छोड्न आउने कोही थिएन जहाज उड्ने ठाउँसम्म
दुई चार हजार नपठाउंदा रोउँ रोउँ लागि रह्यो

साथीभाई कोही थिएन पहिलो पटक रात कटाउँदा
ओढ्ने सिरक क्यै नपाउदा रोउँ रोउँ लागि रह्यो

बिहान् देखी मध्य रातमा जुठो भाँडा माझी रहँदा
कट्कटिएका हात हेर्दै रोउँ रोउँ लागि रह्यो

महिना मर्यो तलब पाक्यो बाक्साभित्रै लुकाईराख्दा
साथी भाईले चोरि लगे रोउँ रोउँ लागि रह्यो

महिना बित्यो बर्षौँ बित्यो घर पठाउने पैसो थिएन
कान्छी बित्या खबर पाउँदा रोउँ रोउँ लागि रह्यो ।।।


दुम्ब:मार्ग,सामाखुशी
२०६७-०९-०५,००:०८बजे

लगानी नउठ्ने भो

 दिनका दिन गर्छु रचना एक दिन पनि नछुट्ने भो
यती नमिठो लेखेछु कि मेरै लगानी नउठ्ने भो

सुचित सबै होउन भनी अनेक बिषयमा गीत लेखेँ
यस्तो गीत लेखेछु कि मेरै लगानी नउठ्ने भो

पढ्दा पढ्दै यस्तो लाग्छ चढ्ने बसै छुट्ने भो
पढ्न मनै नलाग्ने लेखेछु कि मेरै लगानी नउठ्ने भो

खोजी खोजी शब्द शब्दलाई उतार्न खोजे यथार्थलाई
झुठो यथार्थ उतारेछु त्यो कि मेरै लगानी नउठ्ने भो

आशा गरी थिच्छु सुचकमा प्रत्युत्तर जुटाउन तिसै थिचें
यस्तो गरी थिचेछु कि सुचकमा कि मेरै लगानी नउठ्ने भो ।।।
(सुचक = Tag,प्रत्युतर=comment)

दुम्ब:मार्ग,सामाखुशी
२०६७-०९-०४,११:१२बजे