Saturday, November 20, 2010

बिचरा तिमीलाई चाहनेहरु !!

कती तिमीलाई मायाँ गर्ने तिमीप्रती मर्थे होलान
मैले तिमीलाई हेर्दा हेर्दै आफ्नो मायाँ बनाइहालें,

मायाँ गर्छु भन्नेहरु दोबाटोमा कुर्थे होलान
बोल्दा बोल्दै मैले तिम्रो मनमा मायाँ बसाइहालें,

ओईलाएको फुल टिपी तिम्रो पाउमा राख्थे होलान
तिमीलाई आफ्नो बनाउन फुलको माला गसाइहालें,

तिमीले भाउ नदिएर कुर्ने सबै थाक्थे होलान
बिस्तारै त्यो तिम्रो मन यो मनमा टसाइहालें,

तिमी हिंड्ने बाटो कुर्न मध्य रातमै जाग्थे होलान
बिष पिलाई कुर्नेलाई मध्य रातमै डसाइहालें,

फर्कन्छौ कि तिमी भन्दै तिम्रो पछी लाग्थे होलान,
खाल्डो खनी दल्दलेमा पछी लाग्ने भसाइहालें,

हजारौं त्यो बहानामा तिम्रो अघी आउंथे होलान
पाखुरामा टाटु देखाइ अघी आउने तर्साइहालें

बेसुरमै भए पनि फिल्मी गीत गाउंथे होलान
सुरमा मैले गीत गाएर मेरो मायाँ दर्साइहालें,

आत्तिएर तिमीलाई छुन खोज्ने भए पनि
कुरा चलाई मनैबाट तिमीलाई रोज्ने भए पनि,

रोए होलान कती धेरै तिमीले मलाई साथ दिंदा
कोमल त्यो तिमीले मलाई हात माथि हात दिंदा ।।।।।

२०६७-०७-२६, ००:०२ बजे सामाखुशी,दुम्ब:मार्ग       
मुटु बन्द हुन सक्छ
फुल ओईलाउन सक्छ
तिमीप्रती मेरो माया
सदा सदा रहिरहन्छ

No comments:

Post a Comment