Saturday, November 12, 2011

गजल - ९४

तिम्रा लागि जति थियो, गर्नु पर्ने गरेँ आज
तिमी पनि मिल्थ्यौ भन्ने, ठुलै भर परेँ आज,

हिजोका ती तिता मिठा, व्यवहार बिर्साएर
सबै जना मिल्नै पर्छ, भन्ने भाव छरेँ आज,

कति पीडा भयौ भन्छौ, यतिसम्म आईपुग्दा
त्यै पीडाको यात्रा तिम्रो, थोरै मैले तरेँ आज,

चुपचाप बसेकै थेँ,भेटघाट्को माहौलमा
आफ्नै मुल्य घटाएर,पल्लो डिलमा सरेँ आज,

अन्तै थिएँ, शान्तै थिएँ, तिमी भन्थ्यौ सुनी देऊ
एकताको भावनामा बहकेर झरेँ आज,

सिध्दान्त त एउटै'थ्यो भावना'थ्यो भिन्नताको
नमिलेर फुट्दा तिमी, बाँच्दा बाँच्दै मरेँ आज ।।

(आजको कर्मचारी सँघको महा-अधिवेशनमा एउटै सिध्दान्तका साथीहरू अलग अलग भएको परिस्थितीमा एकताको भावनामा सँलग्न गराउन नसक्दा मनलाई चित्त बुझाउन लेखिएको गजल ।)
२०६७-१२-२०,१९:३५ बजे

No comments:

Post a Comment