Saturday, November 12, 2011

गजल - ८४

मैले हार्दा,तिम्ले ताली ठोकी रह्यौ किन ?
मैले जित्दा,तिम्ले खाली,खोकी रह्यौ किन ?

सजाएर मुटुभित्र तिमीलाई रोज्दा
दिन रातै,दिलै गाली,टोकी रह्यौ किन ?

छाती जल्यो,चिरा प-यो मुटु भन्थ्यौ तिमी
त्यै छातीमा, भर्दै नाली, धोकी रह्यौ किन ?

आफ्नालाई हेला गर्दै रिसाउने गर्थ्यौ
फूल छाडी,फूलको डाली, बोकी रह्यौ किन ??

छुटाएर जिन्दगीको नाता तोड्न खोज्दा
बाटै छेकी,रुखै ढाली,रोकी रह्यौ किन ?

२०६७-१२-०८,११:५० बजे

No comments:

Post a Comment