Saturday, November 20, 2010

मै बस्छु भो यो देशमा

मै बस्छु भो यो देशमा नबोलाए हुन्छ कतै
दु:ख बाहेक केही सुनिन बिस्वोमा जताततै
डाँडा पखेरा हरियो बन तिर्नु पर्दैन हेर्नलाई
स्वोच्छन्द हावा बगीरहेछ गाह्रो छैन फेर्नलाई
कोही आए आफ्नै पनि यहाँ सकिन्न रे ढोकामै लत्याउन
आफ्नै दाजुलाई पनि सकिन्न रे त्यहां हजार डलर पत्याउन
आफ्ना हुने जती खेर सबै आफ्नै काम गरिदिन्छ
भोकभोकै बसेर पनि त्यसले आफ्नै लागि मात्र मरीदिन्छ
तिम्रा लागि मर्न पनि कती चोटि मरी दिनु
तिम्रा खुशी आए अब चटक्क मुन्टो बटारिदिनु
दाशी हुन सक्दिन भो गोरो छाला अघी झुकी
चोरेर क्यै लुकाएझै हिंड्न सक्दिन लुकी लुकी
तिमीले के दियौ र खै तिमी हामीलाई घुर्क्याउछौ
तिमीलाई दु:ख पर्ने भो अनी मात्र हामीलाई फुर्क्याउछौ
तिम्रा घुर्की तिमी राख दौडिन्न म पैसाको रेसमा
तिमी गर भो जे गर मै बस्छु भो यो देशमा ।।।

२०६७-०६-२७,दुम्भ मार्ग,सामाखुशी


छाल चल्यो त्यो सागरमा

कुन बेगले ल्यायो हुरी अनन्त बगेको सागरमा
कसले हान्यो बम अनी आयो सुनामी सागरमा
वारी किनार पारी किनार छछल्कियो त्यो छाल अनी  
आनन्दित थियो तर अब छाल चल्यो त्यो सागरमा

पिडा दु:ख सुख बेदना पोखाउथे सागरमा
शान्त निलो गहिरो थियो सबै डराउथे सागरमा
वारी किनार पारी किनार छछल्कियो त्यो छाल अनी  
आनन्दित थियो तर अब छाल चल्यो त्यो सागरमा

डुंगा जहाज दौडाउथे सतही त्यो सागरमा
यो देशबाट त्यो देशमा गरी हिड्थे सागरमा
वारी किनार पारी किनार छछल्कियो त्यो छाल अनी  
आनन्दित थियो तर अब छाल चल्यो त्यो सागरमा

पौडि हान्थे हिरा खोज्थे गहिराइको सागरमा
पानी लिन्थे नुन लिन्थे सतहको सागरमा
वारी किनार पारी किनार् छछल्कियो त्यो छाल अनी  
आनन्दित थियो तर अब छाल चल्यो त्यो सागरमा

(पुण्य सागरले देश छोडि बिदेश गएर पोखेको तिक्तताको सम्झनामा )
२०६७-०६-३० नवमी ,दुम्भ मार्ग साँझ ०६:१५ बजे   

रातो टिको

रातो टिका लगाएर निधारमा
लगाइ अरुलाई अनी
दुर्गा माताले महिशासुरलाई मारेको सम्झनामा
राखेर कानमा जमरा पनि
कस कसले कस कसलाई मारे
सम्झना ताजै छ अझै पनि
सुनसान काठमाण्डुको सडकमा
निधार थाप्दै हिंडे चुपचाप
मृत लाश झै बनी
कती दिनको नौटन्की हो खै !
अहिलेको शान्ती पनि
छोडे देश सबै साथीहरुले
अब त हुँदै भएन भनी
आषिस थापे हुँदै नहुने
गर्नै नसकिने पनि
"सर्ब सुखी भव:"
"ठुलो बनेस"जान्दै नजाने पनि
कट्कटिदा नोठहरु बाडें नकमाए पनी
ठुलो भै छोरा छोरीले पाल्लान् कि मलाई भनी
रातो टिको कती शक्ती छ यसो हेर्दा अनी
बिजयी हुने योद्धाहरुले लगाउने यसलाई पनि
२०६७-६-३१ ,दुम्भ मार्ग,सामाखुशी

सकिसक्यो दशै पनि

जौ रोपेर शुरु भएको यो सालको दशै पनि 
फुलपाती भित्त्र्याएर मार हानेर अघी बढ्यो 
टिका के मात्र लगाएथें निधारमा अनी जमरा शिरमा
पुर्णिमा आएर ढोकैमा जिस्क्याउन थाल्यो  
तैले के गरिस ए ! तँ निकै खुशी छस् 
यो दशैमा गर्न नै के सकिस् र रमाउंछस् 
जुम्ला हुम्लामा खाने चामल छैन 
तँ निधारमा लगाएर पुरुस्वार्थ गर्छस 
आफ्नै देशमा बनेको अगरबत्तीको बास्नाले पुगेन तँलाई 
लाखौंको धन स्वहाँ पारेर मख्ख पर्छस् 
जमघट भन्छस अनी
बोलाउछस वरीपरी भएका र आफ्ना भनाउँदा
दंग पर्छस लाखौंको नोठ बाड्दा
अनी सयौं बोतल रख्सी खनाउँदा
करोडौको स्याउ भित्र्याउछस 
रसिलो भन्दै छिमेकी बिदेशबाट 
कुहिएर गएको नि देख्दैनस त 
जुम्ला हुम्लाका ति आफ्नै देशबाट 
कती हास्छस ए ! नामर्द तँ 
खुशी हुँदै रमाएर 
थुप्रै हवाइ यात्रा गराइ सके 
भागी सके करोडौ कमाएर
अब त भाग भो
कुर्ने छैन तेरो  आफ्नै कुर्ची लडाए पनि
टिका लगाइदिने कोही छैन तेरो अब
सकिसक्यो दशै पनि   ।।।।    

सामाखुशी गल्कोपाखा २०६७-०७-०४ 

अब त लुक्दैन

कती भाग्नु आफ्नै मृत्‍युदेखी आँफै डराएर 
रोकेर बस्नु कती मृत्‍युलाई नमार है भनी फकाएर 
त्यस्तै त्यस्तै भै सक्यौ आज ए नेताहरु हो
तिम्रा कुरा पत्याउन छाडी सके जनताले लाज पचाएर
लाज लाग्नु पर्ने त तिमीलाई हो 
यहाँ उल्टो हुने गर्छ सधैंभरी  
जनाताको नाममा गर्छौ राजनीति अनी
जनतालाई सधैंभरी भोकमरी 
मुतको न्यानोमा सुत्ने बच्चा 
मरी गए तातो डसनामा सुत्दै सुत्दैन 
देशभित्र अशान्ती चाहनेहरु 
कसैगरी सहमतीमा जुट्दै जुट्दैन
हामी नेपाली 
तिमीले जे भने पनि मुन्टो हल्लाउछौ 
अनी तिमीले जहाँ बसेर 
जहाँ गएर 
जती बुंदे 
सहमती गरे पनि 
अब त हुन्छ कि भनी 
आशाको त्यान्द्रो बुनेर बस्ने गरेकाछौं 
अनपढ अशिक्षितलाई कती दिन झुक्याउन सक्छौ ए नेताहरु हो !!
तिम्रा अक्षमता अब धेरै दिन लुकाएर पनि त लुक्दै लुक्दैन    ।।।


 गल्कोपाखा,सामाखुशी
दिनको १६०० बजे 

अर्काको त अर्कै हुन्छ

मैले ठाने  रगत सबैको
मेरो जस्तै रातो हुन्छ
जस्तो आफ्नो जन्म प्यारो
अरुलाई नि त्यस्तै हुन्छ
कुखुरीले हाँसको बच्चा
पाल्न खोज्दा कहाँ हुन्छ
हाँसको बच्चा हाँसको माउ
देखे पछी आँफै रुन्छ,
कुखुरीको नि के दोश थ्यो र
हाँसको बच्चा रोइदिनुमा
चल्ला रोला भन्दा पनि
हाँसको बच्चाको आमा भैदिनुमा
आफुलाई समर्पित गरी
खाए नखाएको उसलाई
थाहा थिएन आफ्नो चल्लाले
तर पिर थियो
हाँसको बच्चाको कि
उ भोकाउलिन कि भनेर,
पखेटाले ढाकेर राखेकी थीइन्
चिसोले हान्लाकी भनेर
आफ्नो चल्ला कहाँ थियो
उसलाई थाहा थिएन बरु
चिसोमा खेल्दै थियो वा
हिलोमा डुब्दै थियो
मरिहत्ते गरी बिचरी त्यो कुखुरीले
हाँसको बच्चालाई न्यानोमा राख्न
खुशी नै देखिन्थ्यो कुखुरीको चल्ला जस्तो
मिलेकै देखिन्थ्यो एउटै घरको परिवार जस्तो
खाएकै जस्तो ह्ऋष्टपुस्ट अरुले नै डाह गरु जस्तो
एक्कासी हाँसको छायां देखिदा
रोदनमा परिवर्तित् हांसो
अनी दर्दनाक पिडाको छटपटाहटमा परिवर्तित् खुशीहरु 
लाग्यो नाटक मन्चन भैरहेको रहेछ
बिचरी कुखुरी
अवाक भै इन्तु न चिन्तु भै रहिछ
घांटिमा सुकेका थुकहरु
शुन्य मस्तिस्क
मुटुमा अल्झिएका  मायाहरु
प्रफुष्टनमा अड्किएका शब्दहरु
कुनै गती बिनाको खोला जस्तै
टक्क अडिएको हावा जस्तै  
बिछट्ट मायाको यो उछिङ्ख्रलतामा 
एक पटक आँफैलाई बदल्नु पर्ने महशुसतामा
चुपचाप बसीरहिछ बसीरहिछ
सम्झेर उसले-
रगत सबैको रातो हुन्छ
आफ्नो जन्म प्यारो हुन्छ
आफ्नो ठाने आफ्नै हुन्छ
अर्काको त अर्कै हुन्छ ।।।।।। 
हे भगवान ........................

दुम्भमार्ग,सामाखुशी
२०६७-०७-०५,बिहान ०८:२३            
अर्काको त अर्कै हुन्छ

भाच्चियो मन मेरो (गीत)

उकाली र वराली म गर्दै भागुं जस्तो
तिम्रो कुरा सुनेदेखी मन भो कस्तो कस्तो
जे जे थियो तिम्रै थियो मैले भन्या थिएं
बाउ भने नि जे भने नि तिम्रै बन्या थिएं
कुरा साच्ची हो
तिम्रो कुरा सुने देखी मनै भाच्चियो
तिम्रो भन्नु मेरो भन्नु कुरा एउटै थियो
गाह्रो सारो मिलाउने सबै देउतै थियो
तिम्रो मन दुखाउने मैले केही गरिन
इस्वरको कृपा आजसम्म भोकै म मरिन
कुरा साच्ची हो
तिम्रो कुरा सुने देखी मनै भाच्चियो   
मेरो कुरा नसुनेर तिमी एक्लै बोल्यौ
मनका तिता मिठा सबै एक सेकेन्ड मै खोल्यौ
मैले पनि तिम्रै भलो सोचे जस्तो लाग्थ्यो
दु:ख जेलो गरी मनमा लोभ्याउं जस्तो जाग्थ्यो
कुरा साच्ची हो
तिम्रो कुरा सुने देखी मनै भाच्चियो
मेरो पनि हिरा नै छ तिम्रो जस्तै हिरा
त्यो हिरालाई ठेश लाग्दा हुन्थ्यो मन चिरा
आज तिमीलाई खुशी होला मलाई छैन पिर
अब भने समय भो सोच्ने घरै तिर
कुरा साच्ची हो
तिम्रो कुरा सुने देखी मनै भाच्चियो
  दुम्ब:मार्ग,सामाखुशी
२०६७-०७-०५,सांझ 20:28  

सबै तिमी तर कहाँ तिमी ( गजल एक प्रयास )

सागर भन्थ्यौ आफुलाई दु:ख जती पिउंछु भन्थ्यौ
के गर्यौ यो दुखीलाई  दु:ख सबै  थपीदियौ

कोमल भन्थ्यौ आफुलाई फुलले नि घोच्छ भन्थ्यौ
के गर्यौ सब फुल टिपी कांढा मलाई छोडिदियौ

मायांमा म लिप्त हुन्छु मायां सबलाई बांड्छु भन्थ्यौ
के गर्यौ यो दुखीलाई झनै पिडा थपीदियौ

तिमीलाई जीवन भरलाई साथ मलाई दिन्छु भन्थ्यौ
यत्रो भिडमा एक्लै छोडि रमाएर कहाँ गयौ

नरुनु ल कहिल्यै पनि आंशु मैले पुस्छु भन्थ्यौ
धुरु धुरु रुवाएर हांसी हांसी कहाँ गयौ ।।।  

२०६७-०७-०६,दुम्ब:मार्ग,सामाखुशी
साँझ ५:०८ बजे

तिम्रो याद (गजल एक प्रयास)

रात कालो भै अझै किन सामु छाइरहेछ
यो मुटुमा अझै किन तिम्रो याद आईरहेछ

तिम्रो याद मेटाउन धुवांलाई पीइरहेछु
आहत यो मुटुलाई उद्विग्न भै जीइरहेछु

पुर्णिमाको उज्यालो नि अंध्यारो नै लागिरहेछयो
मुटुमा अझै किन तिम्रो याद आईरहेछ

अनाध्रित यो मायांलाई कुन मुटुमा बचाइराखुं
अधम यो भाव सुनाइ किन सबलाई हसाइराखुं

मुटुभित्र शब्दहरु अस्पस्ट नै भै रहेछ
यो मुटुमा अझै किन तिम्रो याद आईरहेछ

मेरो केही नसुनेर तिमी यसै रिसाइदियौ
भुल छैन मेरो तर दोष मलाई बिसाइदियौ

अंगिकार छ दोष सबै दोषी म झैं लागिरहेछ 
यो मुटुमा अझै किन तिम्रो याद आईरहेछ

चुम्बनका प्यास मेरा आफुभित्र मेटी सकें
जिन्दगीलाई साथी अब मैले थुप्रै भेटिसकें

मुटुभित्र धुवां राखी बांच्छु जस्तो लागिरहेछ
यो मुटुमा अझै किन तिम्रो याद आईरहेछ

रात कालो भै अजै किन सामु छाइरहेछ
यो मुटुमा अझै किन तिम्रो याद आईरहेछ

२०४७-०५-२२,धुन्चे,रसुवा

फेरी एउटा नायक आऊ

अब फेरी त्यस्तो एउटा सपुत यहाँ जन्मी देऊ
देशलाई बन्धक बनाउनेलाई समाइ समाइ रेटी देऊ

अशान्त भो देश अनी राजनीति नी धेर भयो 
उथुल् पुथूल गरी यहाँ शान्ती ल्याउन  बेर भयो

पूर्व पश्चिम फर्कनेलाई जुटाउन कोही आऊ
देश बिगार्न एक हुनेलाई फुटाउन कोही आऊ

जुटाउन एकताको क्रान्तिकारी हात बनाऊ
हटी हैन डटी लड्न सब नेपाली एक बनाऊ

दन दन दन्काएर मशालको जुलुश ल्याऊ
तराइ ल्याउ पहाड ल्याउ मधेश र हिमाल ल्याऊ

बत्ती ल्याउ पानी ल्याउ संबिधान र शान्ती ल्याऊ
फुट्न हैन १४ अञ्चल ढुङ्गा जस्तो एक बनाऊ ।।।

दुम्ब:मार्ग,सामाखुशी
२०६७-०७-०९,२०:१५
क्रान्तिकारी जय नेपाल

एक छिनको सुख

यो दोष मेरो होइन
कसो गरी दोषी बनुं
हजुरकै दोष हो यो
कसो गरी मैले भनुं,
कुन जुनीमा पाप गरें
आज मैले भोगीराछु
हजुरकै थियो दोष सबै
मैले आज बोकीराछु ,
एक क्षणको खुशी थियो
बांकी सबै दु:खै दु:ख
हजुरकै तस्बिरमा सँगाल्याछु  मेरो सुख ,
जती आउंछन दोष सबै
मैले बोकी ढाकी राख्छु
म मरेर गए पनि
हजुरलाई बांकी राख्छु ,
कसैले त्यो सोधे भने
हजुरलाई कानमा आई
सम्झिदिनु यो पापीले
आजसम्म इज्जत थमाई ।।। 


दुम्ब:मार्ग,सामाखुशी २०६७-०७-११,१९:२१  
एक छिनको सुख

सोचें एउटा भयो अर्कै

सँगै बस्छु मलाई पनि थोरै ठाउँ देऊ भनें
नभन भो तिमीले मलाई जिबनभरी ओत दिएं

तिमीलाई आगो बाल्न दाउरा ठोस्नु पर्छ भनें
नभन भो मैले तिमीलाई मुटुभरी चोट दिएं

आँखा लाग्ला भनी तिमीलाई कालो गाजल लगाइदिएं
नभन भो मैले तिम्रो मुहारभरी खोट दिएं

अलिकती मन रमाउन तिमीसँग बिन्ती गरें 
नभन भो तिमीले मलाई छाडा हिंड्न भोट दिएं

सुख दु:ख पिर ब्यथा जिन्दगीमा बग्छ भनें
नभन भो तिमीलाई मैले पिर तापको बोट दिएं ।।।  

दुम्ब:मार्ग,सामाखुशी
२०६७-०७-१३,०९:३५ बजे 

ए अलक्षिणी निदरी !

गहिरो सोच्न यो मस्तिस्कमा
अलिकती हटी दे न तं
मेरो बाटो नछेक्न
ए अलक्षिणी निदरी !

पुग्नु छ मलाई गन्तब्यमा
आएर ढुक्ने नगर्न
मेरो उद्धेस्य रोकेर
ए अलक्षिणी निदरी !

पुर्याई मलाई खाटमा
निसङ्कोच तं बस्न पाउंदा
हुनेछस तं धेरै नै खुशी
ए अलक्षिणी निदरी ! 

म कुस्ती खेल्न सक्दिन
अद्रिश्य म बन्न सक्दिन
लुकेर भाग्नलाई दिदैनस
ए अलक्षिणी निदरी !

भागेर पनि म जाउं कहाँ
लखेटी लखेटी आउंछस
केही दिन मलाई छोडि दे
ए अलक्षिणी निदरी !

(मेरी प्यारी छोरीले यो बर्ष board exam दिदैछिन् ,पढ्ने इक्ष्या हुँदा हुँदै पनि निन्द्राले उनीलाई सताइरहेको देखेर प्रस्तुत गरेको छु,सायद उनी यो मन पराउनेछिन )     

२०६७-०७-१४,दुम्ब:मार्ग,सामाखुशी ,२०:३५ बजे 

ha ha ha