Saturday, November 12, 2011

गजल-८३

तिम्रो आँखा मेरो दिलमा टाँसे भन्थ्यौ तिमी
लुकी लुकी चोखो मायाँ गाँसे भन्थ्यौ तिमी,

भेटुँ भनी मिर्मिरेमा तिम्रो घर पुग्दा
कुखुरो झैँ अँध्यारोमा बासेँ भन्थ्यौ तिमी,

दिन दिनै भेट्नलाई गाह्रो हुने हुँदा
फोटो हेर्दै आँखा चिम्ली हाँसे भन्थ्यौ तिमी,

मेरो भन्दा तिम्रो माया धेरै भन्थ्यौ सधैँ
नपुग्ला कि !! भन्दै मुटु तासेँ भन्थ्यौ तिमी,

भोकाउँदा रसाउँदा तिम्रो साथ खोज्दै
पोहर नै मेरो मायाँ मासेँ भन्थ्यौ तिमी ।।

२०६७-१२-०८,०९:१२ बजे

No comments:

Post a Comment