Saturday, December 25, 2010

गजल


एउटा ईंटा थप्नु थियो तिमीले लाएको गारोमाथी  
मनैभित्र ईच्छ्या जाग्यो पुर्याई देऊ न बिन्ती

तिमीले ल्याएको सिमेण्टमा बालुवा म मिसाईदिउँला
थोरै पानी अरुले नि पुर्याई देऊ न बिन्ती 

नौ इन्चको तिमीले लगाउ चार इन्चको मैले लाउँला
चौध इन्चसम्मको त्यो बनाई देऊ न बिन्ती

भानुभक्त जग बसाल्ने लक्ष्मी पर्खाल उठाउने
तिमी हामी त्यही गारो  उठाई दिउं न बिन्ती

निबन्ध र कथा तिमी कविता म लेखिदिन्छु
नेपाली यो साहित्यलाई उठाई दिउँ न बिन्ती । ।

आनन्द श्रेष्ठ
दुम्ब:मार्ग,सामाखुशी
२०६७-०९-०९, १७: ३८ बजे