Tuesday, February 15, 2011

गजल -३५


नछोई तिमीलाई चित्त किन ? बुझ्दैन आजभोली    
नसुनी तिमीलाई केही किन ? रुच्दैन आजभोली,    

चुर्लुम्मै डुबाउँदा पनि मन, डुब्दैन किन कुन्नि !    
सम्झाई बुझाउँदा पनि किन ?सुझ्दैन आजभोली,    

बगाई मनबाट आँसु  दु:ख,पखाल्ने चेष्टा गर्छु       
नयन मेरै रुझ्छ तिम्रो किन ?रुझ्दैन आजभोली,   

मुस्काई दँग भई मुटु साटी,रिझौने आश गर्छु       
लुछिन्छ मेरै मात्र तिम्रो किन ?लुछ्दैन आजभोली ।।

२०६७-११-०३,११:४५ बजे