Thursday, December 16, 2010

अझै बढी मायाँ गरौं देशको

नझुकेका मेरो शिर अब आई नझुकाउ
लाचार बनी बिदेशीको अघी मुहार नलुकाउ
चोरि चोरि मेरो देशलाई लुट्न यहाँ छेक अब
भयो भयो धेरै भयो आफ्नै धर्ती टेक अब
नेपालीको खोल ओढी बिदेशीको चलखेल
मैले अब पोल खोल्छु बिदेशी हो अब झेल
भयो अब धेरै भयो नेपालीले दु:ख पाए
नदेखेका नझेलेका लाखौं लाख हण्डर खाए
देशलाई चिनाउने रातो झन्डा नजलाऊ
बिश्वो भरी चिनिएको सगरमाथा नचलाऊ
बिदेशीलाई नेपाल भित्र्याई गाईको दुधले नुहाइदिंदा
बल्ल अब चाल पाएँ आफ्नै शरीर कुहाईदिंदा
तिम्रो के थ्यो लुटी लुटी आज तिम्रो कती भयो
छोरी भनी सुम्सुम्याउँदा आज आफ्नै खती भयो
छोरी मात्र नभएर ज्वाँईलाई पनि पोस्यौ तिमीले
दीन दुखीले नखाई नखाई जुटाएको खोस्यौ तिमीले
तिमीलाई अब टुँडिखेलमा नाङेझार पार्नु पर्छ
देश निकाला गरी अब बिदेशमै सार्नु पर्छ
तिमी आएदेखी यो देश स्वार्थभित्र लुट्मुटियो
गोलबन्दी र घेराभित्र जन जन गुट्मुटियो  
मेरो धर्ती र नदीहरुमा तिमीले आँखा गाडी रह्यौ
बिदेशीको गुलाम बनी दुबै हात माडी रह्यौ
नेपालीको तातो रगत अझै चिसो भा को छैन
लडी लडी भगाएको चित्र अझै गा को छैन  
सबै झन्डा छोडौँ अब एउटै झन्डा समाउन
राजनीति र स्वार्थ त्यागी देश उन्नत बनाउन
एउटै माला बुन्ने गरी देशभरी फुल छरौँ
अन्तिम सास रहेसम्म यही माटोको माया गरौं ।।।

दुम्ब:मार्ग,सामाखुशी
२०६७-०९-०२,०४:४५ बजे

फरक चित्र

यस्तो तिमी नसम्झनु संसार सधैं तिम्रो हुन्छ
मनमा राम राम बगलीमा छुरा कसले देख्न सक्नु

यस्तो तिमी नसम्झनु मान्छे सधैं एकै हुन्छ
रातमा र उज्यालोमा फरक कसले देख्न सक्नु

यस्तो तिमी नसम्झनु छाल सधैं एकै हुन्छ
गहिराई र ढुङ्गामाथी फरक कसले नाप्न सक्नु

यस्तो तिमी नसम्झनु शक्ती सधैं तिम्रै हुन्छ
सुसाएर तिमी बहदा कसले पौडी खेल्न सक्नु

यस्तो तिमी नसम्झनु तिमीलाई साथ सधैं हुन्छ
समुन्द्रको किनारहरु एक ठाम बग्न कहाँ सक्नु  

यस्तो तिमी नसम्झनु भिडले सधैं पच्छ्याउनेछ
समुन्द्रको दुई किनारले कहाँ एउटै धर्ती टेक्नु ।।।

दुम्ब:मार्ग,सामाखुशी
२०६७-०९-०१,१८:०५ बजे