Thursday, November 25, 2010

तिमीलाई मेरो शुभकामना

बेहोसी भै लड्छु कि त म तिमी सधैं साथै हुनु
मैले केही दाग लगाइदिए त्यो तिम्रो मायाले धुनु

तिम्रो साथ यहाँसम्म आएँ अझ कती छ कती छ जानु अघी
साथ तिम्रो पाइन्जेल आँफै जाने रहेछ दु:ख जती यसै बगी

एकाबिहान तिम्रो नजरले पुरै दिन मेरो उज्यालो बनाउँदछ
हरेक पाइलामा तिम्रो साथले मेरो जीवन सफल जनाउँदछ

तिम्रो मायाँ मेरो लागि ग्रिष्मको शितल छहारी भयो
मैले केही दिन सकिन दु:ख सिवाय मनमा यसैको पिर रह्यो

तिम्रो आज जन्म दिन हो यो खुशीयाली कसरी मनाउने हो
सम्झदै छु कसरी तिमीलाई जिन्दगीभर सुखी बनाउने हो

तिम्रो रहोस् जिन्दगी सधैं तिमीले चाहे जस्तै
पुगी रहोस् यसरी नै सधैं तिमीले मागे जस्तै

दाइने रहुन ईश्वर सबै तिम्रो रक्षा गरी रहुन
तिम्रा अघी सबै झुकेर तिम्रै बशमा परि रहुन

फुलोस फलोस तिम्रो जीवन यसरी नै यही छ मेरो चाहना
निरोगी भै सयौं बर्ष बाँची रहनु यही नै छ मेरो शुभकामना ।।


दुम्ब:मार्ग ,सामाखुशी
२०६७-०८-०९,००:०० बजे    
(मेरी प्यारी अर्धाँगिनीलाई जन्म दिनको शुभकामना )