Friday, December 31, 2010
गजल
मेरो दिल मुस्कुरायो तिमी के मुस्कुरायौ
मेरो एक नजरले तिम्रो शिर के झुकायौ
नचिने झैँ हेरि रह्यौ बोल्न नै कठीन भो
ओठ टोकी मस्किएर मातले लजायौ
नजिक आई तिम्रो दिलको हाल के सोधेथेँ
थरथर थरथर डराएर ओठ के कमायौ
तिम्रो मुस्कान स्पर्शको सहमती ठानेर
ओठ मैले के जोडेथेँ तिमी खुब रमायौ
फर्की एक्लै आउनु थियो यसै पनि मलाई
यादै आउने गरी तिमीले हात समायौ ।।।
दुम्ब:मार्ग,सामाखुशी
२०६७-०९-१६,१२:०१
नयाँ वर्ष २०११,जनवरी १
गजल
मेरो दिल मुस्कुरायो तिमी के मुस्कुरायौ
मेरो एक नजरले तिम्रो शिर के झुकायौ
नचिने झैँ हेरि रह्यौ बोल्न नै कठीन भो
ओठ टोकी मस्किएर मातले लजायौ
नजिक आई तिम्रो दिलको हाल के सोधेथेँ
थरथर थरथर डराएर ओठ के कमायौ
तिम्रो मुस्कान स्पर्शको सहमती ठानेर
ओठ मैले के जोडेथेँ तिमी खुब रमायौ
फर्की एक्लै आउनु थियो यसै पनि मलाई
यादै आउने गरी तिमीले हात समायौ ।।।
दुम्ब:मार्ग,सामाखुशी
२०६७-०९-१६,१२:०१
नयाँ वर्ष २०११,जनवरी १
Thursday, December 30, 2010
गजल
धुम्रपानलाई छोड भन्यौ ठीकै लाग्यो छोडी दिएँ
जीवन सिधा मोड भन्यौ भन्या जस्तै मोडी दिए
तिम्रै भरमा हिडि रा'थेँ तिम्रै आड लिई रा'थेँ
ज-जसलाई जोड भन्यौ भन्या जति जोडी दिएँ
जती मैले चिन्या थिएँ बास माग्न आउँथे म'काँ'
नाथे पाते तोड भन्यौ आफ्ना सबै तोडी दिए
अन्धधुन्ध तिमीलाई नै मैले मायाँ गरी रहेँ
बगरमा गोड भन्यौ पाउँला भनी गोडी दिएँ
अन्त्य एक्लो हुन्छ भन्ने मलाई थाहा काँ थियो र !
ढुङ्गा टिपी फोड भन्यौ आफ्नै टाउको फोडी दिएँ ।।।
दुम्ब:मार्ग,सामाखुशी
२०६७-०९-१५,२२:३७ बजे
Tuesday, December 28, 2010
गजल
तेरी सासु अलिकति छुचो जस्तो लाग्यो
कपाल हेर्दा कसेर लाउने कुचो जस्तो लाग्यो
लवाई खुवाई चालचलन दरवारिया जस्ती
सबै राम्रो नाक अलि चुचो जस्तो लाग्यो
आफ्नो भा'को सबै बेची यतै हेरी रा'छे
छोरी कुटी ज्वाईँ फकाउने लुचो जस्तो लाग्यो
मान्छे कोही भेट्न हुन्न के के कुरा गर्छिन्
स्तरभन्दा कुरो चाँही उचो जस्तो लाग्यो
दुम्ब:मार्ग,सामाखुशी
२०६७-०९-१४,०१:३५ बजे

Monday, December 27, 2010
गजल
हिजो राती वाईनले टन्न भा'की रै'छौ
भट्टीबाट घरसम्म धन्न आ'की रै'छौ
गाउँमा कुटो कोदालोले दिक्क बनाएर
सिनेमाको अभिनेत्री बन्न आ'की रै'छौ
मिठो पिठो जे जे थियो गाउँमै ठिकै थियो
हरिया नोठ नपुगेर गन्न आ'की रै'छौ
मध्यरातमा ढलमलिदै ढोका ढकढकायौ
लरबराउँदै शुभरात्री भन्न आ'की रै'छौ ।।
दुम्ब:मार्ग,सामाखुशी
२०६७-०९-१४,०९:३० बजे
Sunday, December 26, 2010
तीन सपना
१) हिड्दा हिड्दै आँखा जुधा जुद
एकैछिनमा मायाँ प्रीती
रातको स्वप्न दोष अनि
डोर बेलको आवाज
दुध ल्याउनेको आगमन ।
२) पहाडको कुनै जङ्गल
भासिदै गएको सडक
दौडिदा दौडिदा थकित शरिर
कतै भेटेर मारि हाल्छ कि भन्ने त्राश !
झल्याँस्स ब्युँझिदा खुम्चिएको खुट्टा ।
३) पुष माघको सिरक
कर्मचारीको तलब
एउटा छाता दुईटा शरिर
निछ्रुक्क भिजेको दुईटा कुम
आँखा खुल्दा श्रावणको झरी ।
२०६७-०९-१२,बिहान ०२:३५ बजे
सामाखुशी,दुम्ब:मार्ग
गजल
आज अलि मस्त बनायो जस्तो छ रातले
आज अलि झुम्म बनायो जस्तो छ मातले
हिजो त यस्तो थिएनौ के भो तिमीलाई
आज अली लठ्ठ बनायो जस्तो छ साथले
आज अलि दिक्क बनायो जस्तो छ बातले
अझ अलि हिनता दिलायो जस्तो छ जातले
हिजो त यस्तो थिएनौ के भो तिमीलाई
आज अलि तुच्छ बनायो जस्तो छ घातले
आज अलि टुन्न बनायो जस्तो छ भातले
अझ अलि घृणा जगायो जस्तो छ दाँतले
हिजो त यस्तो थिएनौ के भो तिमीलाई
आज अलि अल्छी बनायो जस्तो छ लातले ।।
२०६७-०९-१२ ,बिहान ०२:०५ बजे
सामाखुशी,दुम्ब:मार्ग
गजल
गहिराईमै मायाँ लाउने नजुटेको कहाँ हो र !
हाँसो खुशी आई मलाई नलुटेको कहाँ हो र !
आँखाभरी आँसु बोकी तिमीले हात हल्लाई जाँदा
मेरो पनि भक्कानो त्यो नफुटेको कहाँ हो र !
एउटा रुमाल सम्झना त्यो तिमीले मलाई थमाई दिँदा
भेट हुन्न भनी दिल नटुटेको कहाँ हो र !
तिमीलाई बिदाई गर्ने मेरो बाध्यताले कर लगाउँदा
सकेसम्म तिमीलाई रोक्न नजुटेको कहाँ हो र !
उत्तानो र कोल्टे फेर्छु रातभरि नीँद नआउँदा
समाजको लाञ्छनाले नचुटेको कहाँ हो र !
दुम्ब:मार्ग,सामाखुशी
२०६७-०९-११,०८:४५ बजे
"एक शेर बढी छ,झिक्न मन लागेन "
Saturday, December 25, 2010
गजल
एउटा ईंटा थप्नु थियो तिमीले लाएको गारोमाथी
मनैभित्र ईच्छ्या जाग्यो पुर्याई देऊ न बिन्ती
तिमीले ल्याएको सिमेण्टमा बालुवा म मिसाईदिउँला
थोरै पानी अरुले नि पुर्याई देऊ न बिन्ती
नौ इन्चको तिमीले लगाउ चार इन्चको मैले लाउँला
चौध इन्चसम्मको त्यो बनाई देऊ न बिन्ती
भानुभक्त जग बसाल्ने लक्ष्मी पर्खाल उठाउने
तिमी हामी त्यही गारो उठाई दिउं न बिन्ती
निबन्ध र कथा तिमी कविता म लेखिदिन्छु
नेपाली यो साहित्यलाई उठाई दिउँ न बिन्ती । ।
आनन्द श्रेष्ठ
दुम्ब:मार्ग,सामाखुशी
२०६७-०९-०९, १७: ३८ बजे
Friday, December 24, 2010
गजल
आजभोली तिमीलाई हेर्छु हिजोभन्दा भिन्न देख्छु
मैले खु्शी लुटी दिएँ की हिजोभन्दा खिन्न देख्छु
भिडम भिड छ शहरभरी मायाँ पाउने आशै आशमा
मायाँ साट्न कोही छैनन् सबै लाईनमा किन्न देख्छु
कोही यहाँ लुटी रा'छन् कोही देख्छु लुकी रा'छन
मेरो मायाँ यही शहरमा बाँची रा'को चिन्ह देख्छु
तिम्रो घरको आँगनीमा रंगीचंगी भीड देख्छु
अरू केहीलाई नभएर तिम्रो कुरा छिन्न देख्छु
यही भएर हो कि तिमीलाई हिजोभन्दा भिन्न देख्छु
मैले हात नथामेर हो कि तिमीलाई खिन्न देख्छु ।।
दुम्ब:मार्ग,सामाखुशी
२०६७-०९-१०,१३:१५ बजे

Thursday, December 23, 2010
म हुँ सभासद
पढ्या लेख्या केही छैन सभासद भै आएको छु
जिन्दगीमा कैल्यै न पा तलब भत्ता पाएको छु
कराईरन्छन् जन्ता यहाँ छोड्देउ चुनाव जित्नु छैन
बैठक कुनै नभए नी सँसद भवन धाएकै छु ,
औठा छाप भएँ के भो मनोनीत भई आएको छु
बाउ बाजेले नपाएको शान सैाकात पाएको छु
सम्बिधान लेख्ने भन्छन् थाहा छैन मलाई के हो
अझै म्याद थप्नु पर्यो भन्दै भत्ता खाएको छु,
राजनिती के हो भन्दै काठमाण्डु धाएको छु
ठेक्कापट्टा मिलाईदिन नेता सामु आएको छु
तीन तीन वटा ठुला पार्टी देशमा रजाईँ गरी रा'छन्
आधार कुनै नभए नी कार्यकर्ता पाएको छु ।
दुम्ब:मार्ग,सामाखुशी
2067-09-08, 20:01

Tuesday, December 21, 2010
धोकेबाज
औकातले भ्याएसम्म मलाई मायाँ गर्छु भन्थ्यौ
जस्तो सुकै भेल पनि संगै संगै तर्छु भन्थ्यौ
मलाई एक्लै छाडी तिमी कुन दुनियाँमा रमाउदैछौ
मलाई हेर्न मेरै घरको नजिक डेरा सर्छु भन्थ्यौ
अँध्यारोमा रूमल्याई पुग्यौ रँगिन दुनियाँमा
गाउँ बस्न गाह्रो भयो बेशीतिरै झर्छु भन्थ्यौ
आशा पनि मर्यो अब तिमी आउने बाटै बिर्सें
हाम्रो मायाँ छुट्यो भने आन्दोलन नै गर्छु भन्थ्यौ
नपाउनेले केरा पायौ बोक्रासंगै खायौ तिमीले
मलाई पाउन नसकेमा झुण्डिएर मर्छु भन्थ्यौ ।।।
दुम्ब:मार्ग,सामाखुशी
२०६७-०९-०६,२१:३७बजे

Monday, December 20, 2010
मैले माग्दा देशसँग
मैले लेख्छु नानाथरी समाज असल मानिस भन्छन्
सिक्दा सिक्दै काफिया र शेर लेख्न जानिस् भन्छन्
चित्त दुख्छ देश रुँदा नरोई किन बस्थ्यो यो मन
बिद्रोहमा लेख्छु केही रामबाण नै हानिस् भन्छन्
जता हेर्यो उतै देख्छु देश अस्तब्यस्त भा'को
समाधानको बाटो लेख्छु उत्तम शब्द छानिस् भन्छन्
लेख्ने फुर्सद रहर थे'न समयले वाध्य पर्यो
जसका नाममा लेखें उसले खुल्ला चौरमा तानीस् भन्छन्
शान्तीसँग बाँच्ने आधार मैले मागें देशसँग
तैंले माग्दा पाउने तैंले आफुलाई के ठानीस् भन्छन्
दुम्ब:मार्ग,सामाखुशी
२०६७-०९-०६,११:०१ बजे

Sunday, December 19, 2010
घर छोडि परदेश आउँदा
घर छोडि परदेश आउँदा के के आश जागी रह्यो
एउटा फाटो नपठाउदा रोउँ रोउँ लागि रह्यो
छोड्न आउने कोही थिएन जहाज उड्ने ठाउँसम्म
दुई चार हजार नपठाउंदा रोउँ रोउँ लागि रह्यो
साथीभाई कोही थिएन पहिलो पटक रात कटाउँदा
ओढ्ने सिरक क्यै नपाउदा रोउँ रोउँ लागि रह्यो
बिहान् देखी मध्य रातमा जुठो भाँडा माझी रहँदा
कट्कटिएका हात हेर्दै रोउँ रोउँ लागि रह्यो
महिना मर्यो तलब पाक्यो बाक्साभित्रै लुकाईराख्दा
साथी भाईले चोरि लगे रोउँ रोउँ लागि रह्यो
महिना बित्यो बर्षौँ बित्यो घर पठाउने पैसो थिएन
कान्छी बित्या खबर पाउँदा रोउँ रोउँ लागि रह्यो ।।।
दुम्ब:मार्ग,सामाखुशी
२०६७-०९-०५,००:०८बजे

लगानी नउठ्ने भो
दिनका दिन गर्छु रचना एक दिन पनि नछुट्ने भो
यती नमिठो लेखेछु कि मेरै लगानी नउठ्ने भो
सुचित सबै होउन भनी अनेक बिषयमा गीत लेखेँ
यस्तो गीत लेखेछु कि मेरै लगानी नउठ्ने भो
पढ्दा पढ्दै यस्तो लाग्छ चढ्ने बसै छुट्ने भो
पढ्न मनै नलाग्ने लेखेछु कि मेरै लगानी नउठ्ने भो
खोजी खोजी शब्द शब्दलाई उतार्न खोजे यथार्थलाई
झुठो यथार्थ उतारेछु त्यो कि मेरै लगानी नउठ्ने भो
आशा गरी थिच्छु सुचकमा प्रत्युत्तर जुटाउन तिसै थिचें
यस्तो गरी थिचेछु कि सुचकमा कि मेरै लगानी नउठ्ने भो ।।।
(सुचक = Tag,प्रत्युतर=comment)
दुम्ब:मार्ग,सामाखुशी
२०६७-०९-०४,११:१२बजे

Thursday, December 16, 2010
अझै बढी मायाँ गरौं देशको
नझुकेका मेरो शिर अब आई नझुकाउ
लाचार बनी बिदेशीको अघी मुहार नलुकाउ
चोरि चोरि मेरो देशलाई लुट्न यहाँ छेक अब
भयो भयो धेरै भयो आफ्नै धर्ती टेक अब
नेपालीको खोल ओढी बिदेशीको चलखेल
मैले अब पोल खोल्छु बिदेशी हो अब झेल
भयो अब धेरै भयो नेपालीले दु:ख पाए
नदेखेका नझेलेका लाखौं लाख हण्डर खाए
देशलाई चिनाउने रातो झन्डा नजलाऊ
बिश्वो भरी चिनिएको सगरमाथा नचलाऊ
बिदेशीलाई नेपाल भित्र्याई गाईको दुधले नुहाइदिंदा
बल्ल अब चाल पाएँ आफ्नै शरीर कुहाईदिंदा
तिम्रो के थ्यो लुटी लुटी आज तिम्रो कती भयो
छोरी भनी सुम्सुम्याउँदा आज आफ्नै खती भयो
छोरी मात्र नभएर ज्वाँईलाई पनि पोस्यौ तिमीले
दीन दुखीले नखाई नखाई जुटाएको खोस्यौ तिमीले
तिमीलाई अब टुँडिखेलमा नाङेझार पार्नु पर्छ
देश निकाला गरी अब बिदेशमै सार्नु पर्छ
तिमी आएदेखी यो देश स्वार्थभित्र लुट्मुटियो
गोलबन्दी र घेराभित्र जन जन गुट्मुटियो
मेरो धर्ती र नदीहरुमा तिमीले आँखा गाडी रह्यौ
बिदेशीको गुलाम बनी दुबै हात माडी रह्यौ
नेपालीको तातो रगत अझै चिसो भा को छैन
लडी लडी भगाएको चित्र अझै गा को छैन
सबै झन्डा छोडौँ अब एउटै झन्डा समाउन
राजनीति र स्वार्थ त्यागी देश उन्नत बनाउन
एउटै माला बुन्ने गरी देशभरी फुल छरौँ
अन्तिम सास रहेसम्म यही माटोको माया गरौं ।।।
दुम्ब:मार्ग,सामाखुशी
२०६७-०९-०२,०४:४५ बजे

फरक चित्र
यस्तो तिमी नसम्झनु संसार सधैं तिम्रो हुन्छ
मनमा राम राम बगलीमा छुरा कसले देख्न सक्नु
यस्तो तिमी नसम्झनु मान्छे सधैं एकै हुन्छ
रातमा र उज्यालोमा फरक कसले देख्न सक्नु
यस्तो तिमी नसम्झनु छाल सधैं एकै हुन्छ
गहिराई र ढुङ्गामाथी फरक कसले नाप्न सक्नु
यस्तो तिमी नसम्झनु शक्ती सधैं तिम्रै हुन्छ
सुसाएर तिमी बहदा कसले पौडी खेल्न सक्नु
यस्तो तिमी नसम्झनु तिमीलाई साथ सधैं हुन्छ
समुन्द्रको किनारहरु एक ठाम बग्न कहाँ सक्नु
यस्तो तिमी नसम्झनु भिडले सधैं पच्छ्याउनेछ
समुन्द्रको दुई किनारले कहाँ एउटै धर्ती टेक्नु ।।।
दुम्ब:मार्ग,सामाखुशी
२०६७-०९-०१,१८:०५ बजे

Tuesday, December 14, 2010
कती हुन्छ नेपाल बन्द
नेपाली हुँ नेपाली भै मलाई पनि बाँच्न देऊ
दुई चार मुठी अन्न पात भोलीलाई साँच्न देऊ
कसलाई के थाहा के सुरमा भोली यहाँ बन्द हुन्छ
धेरै रोएँ अब मलाई दुई चार दिनलाई हाँस्न देऊ,
अनिकालमा के बच्चा के बुढो पनि यसै रुन्छ
आज मेरो भिडमभिड छ भोली के थाहा मन्द हुन्छ
बन्द हुन्छ एउटा आशमा कती आशा मर्छन यहाँ
एक अर्कामा रुवाइरहँदा कुन छिमेकीले आई सुन्छ,
ठेला गाडा चलाएर खानु पर्ने कहाँ जान्छ
आम्दानी क्यै हुन्न उसको दिन रात के ले खान्छ
अड्डा जाने अड्डा छोडि तास खेल्न बस्छन होला
दुरदेखि पियन दाजु पैदल हिडि कुर्न जान्छ,
स्कुलका बस अनी एम्बुलेन्स नि फुट्छन यहाँ
यस्तो जात्रा यही देशमा नभएर हुनु कहाँ
माग्नेहरु थुप्रै भए दिन सक्ने सुकी सके
स्कुल कलेज आर्मी ब्यारेक बन्नु पर्छ भन्छन जहाँ,
सुत्केरीको नाउँ पारी घाममा तेल घस्छन कहाँ
लोग्ने स्वास्नि झगडामा टायर बाली बस्छन जहाँ
बन्द हुन्छ एउटा आशमा कती आशा मर्छन यहाँ
बनिबनाउ शहरलाई भत्काउने गर्छन् जहाँ ।।।
दुम्ब:मार्ग,सामाखुशी
२०६७-०८-२९,००:48 बजे

मैले गोली पड्काइदिएँ
जसो तसो कुरी रा'थ्यो दरबारको ढोका मलाई
मेरो बाऊको दिन बिग्र्याथो मैले गोली पड्काइदिएँ
मेरो बाउलाई गाली गरे सहन सक्ने कुरै थिएन
लैजाउ बरु थुन मलाई मैले गोली पड्काइदिएँ
असन्तुष्टी बड्दै थियो बोलाई बोलाई मान्थे मलाई
सके खोरमा थुन मलाई मैले गोली पड्काइदिएँ
मेरो गती बड्दै थियो ढिलो तिम्रो काम गराई
पुलिस लगाई घिच्याऊ मलाई मैले गोली पड्काइदिएँ
नेपालीले गाली गरे त्यो नि सह्ये थियो मलाई
हतकडिले बाँध मलाई मैले गोली पड्काइदिएँ
बिदेशीले नेपालकै इज्जत लुट्या सुनाए मलाई
बहाना यो मात्र थियो मैले गोली पड्काइदिएँ
धर्मपत्नी समाजसेवा गरी गरी झारी मलाई
उग्र थियो दिमाग मेरो मैले गोली पड्काइदिएँ ।।।
दुम्ब:मार्ग,सामाखुशी
२०६७-०८-२८,१६:३० बजे

Monday, December 13, 2010
त्यही नेपाल देऊ न एक फेर
घुमी आएँ पुरानो त्यो देश मेरो नेपाल
जब टेक्छु आफ्नै भुमी काँ रै छ यो नेपाल
नेपाली त्यो ढाका टोपी गुन्यो र चोली
सबै यहाँ लाउँदा रै छन नेपाली मै बोली
म त एउटा संगीतको सानो पात्र मात्र
दार्जलिंगे मुटु छाम्दा नेपाल यत्र तत्र
पानी पिउँदा नेपाल भेट्छु काँगडाको छेउ
नेपाल आमा फेरी मलाई त्यही नेपाल देउ
सिक्किमीको बोली बचन कती मिठो हेर
नेपाल आमा त्यही नेपाल देऊ न एक फेर ।।
दुम्ब:मार्ग,सामाखुशी
२०९७-०८-२७,२१:०५बजे
जब टेक्छु आफ्नै भुमी काँ रै छ यो नेपाल
नेपाली त्यो ढाका टोपी गुन्यो र चोली
सबै यहाँ लाउँदा रै छन नेपाली मै बोली
म त एउटा संगीतको सानो पात्र मात्र
दार्जलिंगे मुटु छाम्दा नेपाल यत्र तत्र
पानी पिउँदा नेपाल भेट्छु काँगडाको छेउ
नेपाल आमा फेरी मलाई त्यही नेपाल देउ
सिक्किमीको बोली बचन कती मिठो हेर
नेपाल आमा त्यही नेपाल देऊ न एक फेर ।।
दुम्ब:मार्ग,सामाखुशी
२०९७-०८-२७,२१:०५बजे
Sunday, December 12, 2010
प्यारो मेरो देश
मिर्मिरेमै सुनको सुर्य देख्न पाए हुन्थ्यो
परिवर्तन ल्याउने गरी लेख्न पाए हुन्थ्यो
घर न घाटको हुन्थेँ बरु यही देशको लागि
बिदेशीका चलखेल सबै छेक्न पाए हुन्थ्यो
गाउँ गाउँ बस्ती बस्ती जुर्मुराए हुन्थ्यो
तीनकुने रातो झन्डा फर्फराए हुन्थ्यो
नेपालको झन्डा बोकी गोली खान्थें बरु
कोही देशप्रेमी अझै जिउँदै पाए हुन्थ्यो
स्वाभिमानी नेपाली हो स्वदेश फर्क बरु
यही देशमा सयौं बर्ष टेक्न पाए हुन्थ्यो
उठौँ सबै सर्जकहरु देश भ्रमणमा जावौँ
शान्ती ल्याउने ईतिहास रच्न पाए हुन्थ्यो ।।।
दुम्ब:मार्ग,सामाखुशी
२०६७-०८-२६,२०:२३ बजे

Saturday, December 11, 2010
म डिम्बिका
तिमी थियौ शहरीया म कताको सहलिया थिएँ
तिम्रो अलालिका मेट्न बरु आँफै उपरिया बनिदिएँ
सुहाई न सुहाई मैले आँखामाथी गाजल लगाइदिएँ
शहरीयाहरुले चिन्लान भनी मैले आँखै लुकाइदिएँ
तिम्रा पिर ताप सुनी मैले प्याला भरी दिएँ
खुशी तिमीलाई राखी आफुलाई डिम्बिका बनाइदिएँ
के खानु र के लाउनु मैले आँफै केही नगरी
तिमीसँग पनि मैले आफ्नो रेटै तोकी दिएँ
रोक भन्थेँ रोक्न सकेनौ वाध्य थिएँ मै पनि
तिम्रो खुशी सम्झना बनाई जिउमै बोकी दिएँ
फेरी भेट हुन्छ हुँदैन तिमीसँग यसैगरी रातमा
गराई देउ भन्दै भगवानको चरणमै ढोगी दिएँ
मेरो नम्बर लियौ लिएनौ दिन बिर्सेंछु हातमा
तिम्रो नम्बर मनै मनमा यसै घोकी दिएँ
अस्तु ।
दुम्ब:मार्ग,सामाखुशी
२०६७-०८-२५,१५:५० बजे
Wednesday, December 8, 2010
पानी पानी भन्दै आएँ
ढाडखोलाको जंगलभित्रको मुहानमा पानी खोज्दै म आएँ
खुशी हुन्थें खेर गै बगेका पानी सँगालेर तिमीलाई खुवाउन पाए
चिसो चिसो पानी छोएँ कती छ मुहानको पानी भनी बाल्टीमा भर्नलाई
तिम्रो गाउँमा खान नपाएकालाई पानी ख्वाउने योजना गर्नलाई
तिमीलाई चाहिने अलिकती पानी तिमीलाई छोडि अरु लान पाए
खुशी हुन्थे पाँच दिनमा एक छाक पानी खाने शहरकाले दुई छाक खान पाए
पानी नपुगेर शहरमा आलोपालो गरीकन पानी बाँड्नु पर्ने भा छ
तिम्रो गाउँमा भने यसै गरी पानी कुलै कुलो खेर गा छ
हाम्लाई नदीई हाम्रो गाउँको पानी अन्त लान दिन्न भनी तिमी के भन्दै थियौ
यही धर्तीको पानी अघाईन्जेल खाई डकारेर पनि स्वार्थी किन बन्दै थियौ
शहरमा बसी पानी खान नपाएका पनि नेपाली दाजु भाई नै त हो नि
अब भन तिम्रो गाउँको पानी लान शहरमा दिन्छौ कि दिन्नौ कुनी
तिम्रा लागि छुट्टाइ दिनेछु हिसाबले तिमीलाई चाहिने जती पानी
पानी बाँड्नु पनि धर्म नै हो भन्छन नगर अब कुनै आनाकानी
दुम्ब:मार्ग,सामाखुशी
२०६७-०८-२३,२३:०७ बजे

Tuesday, December 7, 2010
हाँसेर बाँचौ
गीता पढें मरी लानु के रहेछ र ! मेरो केही छैन यहाँ भनी
मानसपटल भरिएको थियो जन्मी आउँदा ल्याएको के थियो र !भनी
एउटै मात्र पाठ नपढी यो मन किन हुन्छ चुलबुले सबै पुस्तकमा डुलेँ
चाणक्य के सिकेको थिएँ एकै छिनमा गीताको सबै उपदेश भुलें
जे देख्यो त्यही चाहिएको छ मलाई सात पुस्तेसम्मलाई पुर्याउन
सक्दैनन कि भनी आफ्ना सन्तानले मैले जस्तै गरी जुटाउन
मै बाठो छु मै छु चलाख मैले नै जान्या छु सब थोक भनी
मै हुँ समाजको ठुलो मान्छे भन्छु अरुलाई एक रत्ती नि नगनी
मै खाऊँ मै लाउँ मैले नै सब सुख सयल गरुँ अरुलाई किन चाहियो र !
मेरा पुर्खाले कमाएको मलाई मात्र हो अरुले माग्दैमा कहाँ पाईयो र ?!
गन्हाउछन तिम्रा शरीर मेरो नजिक नआऊ तिमी परै बस्ने गर
चिल्ला गाडी मैले मात्र चढ्ने हो तिमी त पैदलै हिंड्ने गर
तँ छाड् म छाड् गर्नु परेको छ मलाई कतै अर्कैले पो जित्छ कि भनी
खोक्रो आडम्बर देखाउनु छ मलाई मसँग हुँदै नभएको सुनाएर पनि
मेरा बाउले घिउ खाएथे रे नभए तिमी अहिले मेरो हात सुँघी हेर
के हौ तिमी र के लगाएका नै छौ र! एक पटक आँफै नुघी हेर
बाचुन्जेल सबै यहाँ ठुलो मान्छे बन्दै यस्तै यस्तै गर्नलाई गर्दछन
जती गरे पनि आखिर अन्त्यमा खाली हात लिएरै मर्दछन
जे गर्नु छ गरुँ यहाँ अरुलाई पनि हुने हामीले बाचुन्जेल हाँसेर
रहनेछ नाम तिम्रो मेरो अनी सबैको जाँदैन कसैगरी नासेर । । ।
दुम्ब:मार्ग,सामाखुशी
२०६७-०८-२२,१:०२ बजे

मेरो कसम
नचाहेरै रुवाएँ होला कहिले काँही तिमीलाई
अब कसम तिमीलाई कहिले पनि रुवाउँदिन
रुनु थियो जती रोयौ तिमीले अब रुनु छैन
अब कसम तिमीलाई एक्लो कहिल्यै बनाउँदिन
कती रात तिमी एक्लै म नि सुतेँ होला एक्लै
अब कसम दुइटा मुटु बेग्ला बेग्लै टुक्र्याउँदिन
अन्तै मन डुल्यो होला कहिले काँही छोडि तिमीलाई
अब कसम यो मनलाई अन्त कतै झुकाउँदिन
जानाजानै के हुन्थ्यो र अन्जानमै भा होला क्यै
अब कसम पापी मन कहीँ पनि डुलाउँदिन
बाटो अझै काट्नु पर्ने सँगसंगै लामो नै छ
अब कसम साथसाथ हिड्छु साथ छुटाउँदिन
।।। अस्तु ।।।
।।। अस्तु ।।।
(आज मेरो दाम्पत्य जीवनको १७ बर्ष पुरा भै १८ बर्ष प्रवेशको दिन । )
दुम्ब:मार्ग,सामाखुशी
२०६७-०८-२१,१०:३२ बजे
Monday, December 6, 2010
अद्रिश्य त्यो को हौ तिमी ??!!
तिमी को हौ र !
तिमीले भनेको काम मैले गर्नु पर्ने
तिमीले जती तिर्नु थियो तिर्यौ
तिमीले सरकारी राजस्व
मैले गर्न मन लागे गर्छु तिम्रो काम
नत्र तिमीलाई के ?
तिमी को हौ र !
के तिमी प्रधानमन्त्रीका नातेदार हौ र !
कोही मन्त्रीका आफन्त हौ र !
मेरा हाकिमका मान्छे हौ र !
मेरो त कोही होइनौ तिमी
अनी तिम्रो काम तिमीले भनेकै समयमा
मैले गर्नु पर्ने किन नी ?!!
जाऊ तिमी जहाँ जानु छ
नजराना नचढाई
तिम्रो भगवानले त तिमीलाई हेर्दैन
डाक्टर झाक्री र बैध्यले त
तिम्रो नाडी छाम्दैन
तिमीले तिर्नु पर्ने कर
राष्ट्रलाई बुझाउँछु भन्दा त
तिमी सक्दैनौ
अनी तिमीले मबाट लिने काम
यती सजिलै कसरी दिउँ म ??!!
तिमी त त्यही
बिना कसुर लाईसेन्स माग्ने
ट्राफिक प्रहरी हैनौ ?
जहाँ कसुर तिम्रो थियो
रक्सीले मातेर
आँफैलाई उभ्याउन सकीरहेका थिएनौ
बटुवाको सहारामा
बिच सडकमा उभीरहेका थियौ
मैले त तिम्रो तस्बिर मात्र खिचेको थिएँ,
हैन हैन तिमी त
त्यो डाक्टर हौ क्यार !
बिना जाँच
तिमी मेरी अर्धाङिनीको
पेट चिर्न खोज्दै थियौ
एपेन्डिसाइट भएको भनेर
सोच त !
मेरा पनि आफन्त
तिम्रा ईलम नजानेका भए ??!!
अनाहकमा मेरी धर्मपत्नी ??
ए हैन
तिमी त कालो कोट लगाउने पर्यौ क्यार !!
मैले हारे नि जिते नि
तिम्रो जित पक्का छ क्यार हैन ??!!
तारिखमा तारिख
कती धाउन लगायौ मलाई ?
हेक्का छ तिमीलाई ??
अनी कती झार्यौ रे ?
प्रती तारिख कती रे तिम्रो रेट ?
त्यो पनि हैनौ तिमी ?!!
को हौ त तिमी ??
ए तिमी त
टेलिभिजनमा जो आए पनि
पछाडि पट्टी टुप्लुक्क आई पुग्ने
पत्रकार महोदय त होइन ??!!
त्यो पनि हैनौ तिमी ?!!
को हौ त तिमी ??
त्यो जङली रुखसँग मिल्ने
लुगा लगाउने हौ ?
निर्धो र निरिहलाई
नाल र बुटको शक्ती देखाउने हौ ?
नाल नाल जुधाउन नसकेर
एकापसमा घुलिन भएका छौ नि अहिले त !!
कहाँ गए ति तिम्रा अपशब्दहरु ??
अर्कै मुख फेरेर आएका त हैनौ नि ?!
कसरी नरम भए तिम्रा रुखा स्वरहरु ?
कुनै कुटिल चाल त चलेको छैनौ नि अझै ?!
झुक अझ झुक
तिमी पनि
यही जनताको राजस्वले नुन पानी भर्दैछौ
त्यो पनि हैनौ तिमी ??!!!
आखिर को हौ त तिमी ??
जनतालाई अन्ध्यारोमा राखेर
करोडौँको गाडी चढ्ने
बिजुली हौ तिमी ?
जता पैसा उतै पानी भन्ने
उखानको चरितार्थ गर्ने
पानी हौ तिमी ??!
कि परल मुल्य भन्दा
तेब्बर महँगो
डोल्पाको नुन हौ तिमी?!
कि पाक्षीक रुपमा भाउ बढ्ने
ग्यास पेट्रोल वा मट्टीतेल हौ तिमी ??
यती अद्रिश्य
आखिर को हौ तिमी ???!!!
२०६७-०८-२०,०८:०९ बजे
सामाखुशी,दुम्ब:मार्ग
Subscribe to:
Posts (Atom)