Saturday, November 12, 2011

गजल ७५

मेरो दिलको घाऊ कोर्ने, यौटा सादा कापी देऊ
कति दुख्यो, कहाँ दुख्यो, तिमी आई नापी देऊ ।।१।।

चोट दियौ सहि रहेँ, मिठो मानी खपि रहेँ
तिम्रो मनमा खुशी बर्से, सकेसम्म थापि देऊ ।।२।।

यो छातीको वेदना नि, तिम्रो लागि हाँसो भयो
मैले रुँदा च्यातिएला, तिमी हाँसी फापी देऊ ।।३।।

जिन्दगीका बहावमा, कति दु:ख तर्यौ कुन्नी !
खुशियाली जलाएर,दिल बाली तापी देऊ ।।४।।

चित्त दुख्ला यति बोल्दा,तिम्रो मन त बुझेकै छु
गल्ती मेरा केही भए,बारम्बार माफी देऊ ।।५।।

२०६७-११-२९,१६:४९ बजे

No comments:

Post a Comment