Saturday, November 12, 2011

गजल - ६९

जस्तो जानेँ उस्तै मानेँ, घोकिएन जिन्दगीमा
गल्ती भयो भनी जिब्रो, टोकिएन जिन्दगीमा

हलुका यो अभिभारा, बोक्नलाई गाह्रो थे'न
नपुगेर थपी थपी, बोकिएन जिन्दगीमा,

घुमाउरो जीवनका, अनगिन्ती मोडहरु
नापी हिड्दा कै'ल्यै पनि,ठोकिएन जिन्दगीमा,

मातिएर हिडेँ भने, लड्छु भन्ने थाहै थियो
बाटै बिर्सी हिड्ने गरी, धोकिएन जिन्दगीमा,

उकाली र ओरालीमा, एकैनास खुशीहरू
खोला जस्तै बगी रहे, रोकिएन जिन्दगीमा ।।

२०६७-११-२५,२०:४५ बजे

No comments:

Post a Comment