Saturday, November 20, 2010

के बनायौ तिमीले ?!!

हिजो तिम्रो दु:खभरी बैशाखी भै म साथ साथ गएं 
क्षणीक सुख के पाएथौ तिमी फुल म झरेको पात भएं ?!

तिम्रो काममा सघाउंदा तिम्री प्यारी म रानी भएं 
काम मात्र के सकियाथ्यो तिमी गंगा म ढलको पानी भएं ?!!

तिमीलाई चाहिन्जेल म स्वप्निल फुलबारी भएं 
तिमीले ईच्छ्या के पुर्यायौ तिमी गुलाफ म कांढाघारी भएं ?!!!

तिमीलाई भेलले बगाउंदा बचाउने म डुंगा भएं 
तिमीले माग्या के पुग्याथ्यो तिमी देउता म ढुङ्गा भएं ?!!!! 

दुम्ब:मार्ग,सामाखुशी
२०६७-०७-२३, १८:१९ बजे 



No comments:

Post a Comment