पोखरामा घाम लागे देशै टल्की दिन्छ
चितवनमा आगो लागे देशै सल्की दिन्छ
साह्रै सुन्दर स्थल त्यो पोखरा जगतको
देशले मागे चितवनमा खोलो बग्छ रगतको,
तिम्रो बार्ता काठमाडौंमा मिल्ने छाँट छैन
जनतालाई सम्झी कुर्ची छोड्ने तिम्रो आँट छैन
यो गरे नी जनता भन्छौ उ गरे नि जनता
चर्तिकला हेर्दै दिक्क कहाँ जाने हो अन्त,
सौराहाको शितलतामा संबिधान लेख्नुछ
क्रान्तिकारी जनताको जोश चितवनमै देख्नुछ
हात्ती गैंडा एकै ठाउँमा बसेको हेरौला
त्यही आधारमा संबिधान सँशोधन गरौंला,
"प्रचन्ड" त्यो घाम लागे "बादल"ले छेक्नेछ
"तनहुँ" र "गोरखा"ले नि नजिकबाट देख्नेछ
भैया कुनै आए भने टिकौलीले छेक्नेछ
बार्ता सफल हुन्छ अनी जगतैले देख्नेछ,
४६ को आन्दोलन नि त्यहीबाट शुरु भो
बांकी रह्या बार्ता बरु त्यहीबाट गरुं हो
नारायणीको पानी छोई कसम हामी खाऔ
लागौं अब चितवनमा बार्ता गर्न जाऔ ।।।
दुम्ब:मार्ग,सामाखुशी
२०६७-०७-२४,१८:२२बजे
सुन्दर पोखरा
चितवनको गैंडा हात्ती
No comments:
Post a Comment