Saturday, November 20, 2010

तिमीलाई भन्नु नभन्नु के अर्थ ?!

के लेखुँ खै !
अनी कसका बिषयमा ? 
कसले के लेखेर कसको के बिग्रेको छ र ! 
लेख्नेले कसैलाई बिगार्न लेख्ने त पक्कै होइन, 
ल ठिकै छ नि त 
उसो भए 
कसको के बनेको छ त !
लक्ष्मीले हातै पोल्ने गरी लेखे 
के पाए त ?! 
उही आफ्नै बसेको घर
भत्कन लाग्दा पनि 
सबैले टुलु टुलु हेरेर बसेकै छन त !
कसले के बनाइदिए त !
पर्खाल बाहिर तिमीले आफ्नो भन्न मिल्छ र !!
अरुले सँगालेकोलाई तिमीले आफ्नो झोलामा हाल्न खोजेको 
कसले बुझेको छैन र ??!! 
आफ्नै भुमीमा उनको कत्रो जय जयकार भयो र !!
जती छिमेकमा भयो 
ओहो पूजा भयो रे
त्यो पनि लक्ष्मीको !!!!!!
के त्यो पूजा लक्ष्मीकै थियो त ??!
आफ्नो अहंन्कारलाई नछोप भो 
त्यो तिमी आफ्ना वरिपरीकालाई देखाउन 
अनी आफ्नासँगै घमण्डी बन्न 
धनकी देवी लक्ष्मीको पूजा गरेका हौ 
तिमीले बालेका झिलिमिली बत्तिले 
न कुनै अशिक्षितले शिक्षा पायो 
न कुनै अन्धकारमा बसेकाले उज्यालो पायो 
तिम्रो आफ्नै वरिपरीकालाई हेर 
तिनीहरु त तिमीले हेप्दा हेप्दा 
तिमीलाई नै उछिनी सके त !!
आज तिम्रा छिमेकमा 
त्यो लक्ष्मीको पूजा भयो 
तिमीले सुन्यौ ??
तिमीले देख्यौ ??
ल हेर त 
उनीहरु त तिम्रो राष्ट्रिय पोशाकको समेत कत्रो इज्जत गरेका !
अनी तिम्रो राष्ट्रिय पोशाक ??
के हो ??
कुन हो ??
उनीहरुले लगाएको त्यो तिम्रो हो ??
तिमी अर्काले लगाएको आफ्नो भन्दै छौ 
अनी आफ्नो के हो ?? 
त्यो तिमी आफै त्याग्दै छौ,हैन र ??!!
अब तिमी
अरुले पढाएपछी मात्र पढ्ने भयौ 
तिम्रा दाजुलाई हेर त !
अघीपछीका दाजु भाईलाई हेर त !
सबैको घरमा पसिसकेको छ त्यो 
अनी
तिम्रा दाजु भाई सबैको घर
भत्काइ सकेको छ त्यसले 
अझ पनि चिन्न बांकी छ त्यसलाई ??!!
तिम्रा आफ्नैको घर भत्काउंदा 
तिम्रो घर भत्काउंदैन ? 
कुनै विश्वाश छ तिमीलाई ?!
तिम्रा आफ्ना सन्तान देश कटाइ सके 
रित्तो घर तिम्रा सबै बिदेश पठाइसके 
के बांकी छ र अब तिमीसँग ??
तिमी रित्ती सकेकाछौ 
तिमी नाँगी सकेका छौ 
जे छ एक त्यान्द्रो छ 
लाजलाई छोप 
या
त्यसैमा सपना बुन 
न तिमीले कसैले लेखेको बुझ्दछौ 
न तिमी कसैले भनेको सुन्दछौ
त्यसैले त आजकल
मलाई लेख्नै मन लाग्दैन      
अब तिम्रो घरै खाली बनाउन लागिसके भन्दा 
तिम्रो मैले डाड् गर्‍यो भन्छौ भने 
मैले भन्नु नभन्नुको कुनै अर्थ छैन ।

 दुम्ब:मार्ग,सामाखुशी
२०६७-०७-३०,२०:०२ बजे  

No comments:

Post a Comment