तिम्रा तानाशाही तिमीलाई भयो
दाईजो भनी राख तिमी जतन गरी
तिम्रा सेना उर्लिनेछन तिमीलाई
उराल्नेछन सडकमा उसैले खटन गरी
लोकतन्त्रको खिल्ली यती धेरै न उडाउ भो
मैले पनि थोरै रगत त बगाएकै हो
जात जात अनी भेष परिबेशमा बाड्ने भए यो देशलाई
मलाई पनी एक टुक्रा त चाहिने नै भो
तिमी थियौ कुन कुनामा देख्ने को थिए र खै ?
अर्हाएर मात्र तिमीले यो देशमा
लोकतन्त्र त आएको होइन है !!
मर्नु थियो नेपाली सपुत त्यो
मर्यो देश देश भन्दै
तिम्रो पुग्यो यो देशलाई योगदान
बस भो अब दिन गन्दै
त्यही नेपाली सपुतको रगत त
अझै रहेछ नि आलै
दशौँ हजार शहिदको रगतले मागेको
फेर्ने यो देशको कांचुली
आएन त अझै पालै
न त तिमी आफु गर्छौ
न गर्न दिन्छौ अरुलाई
देशलाई डोर्याउन लगाएकाछौ
जनाताका अघी हार्नेहरुलाई
तिमीलाई गरी विश्वाश त्यो
सार्यौ अघी अघी सार्नलाई
जित्न पठाएको हो नेताहरु हो
पठाएको होइन हार्नलाई
लडाएर भिडाएर जनता मोज मस्ती मारी राछौ
के हुने हो भनी हामीलाई सोच्न वाध्य पारी राछौ
एकले भन्या अर्कालाई सुन्न कत्ती नहुनेभो
फेरी देशमा तानाशाही जन्मन त नहुने हो
तिमीले भन्या नमानेर कती मरे मारिए
हात खुट्टा भांचिएर कती जिउदै गाडीए
भयो भो अब नदोहोर्याउ
सम्झ सबै सपनाका क्षत् बिक्षत कम्पन हो
फेरी देशमा तानाशाह जन्मन त नहुने हो ।।
दुम्ब:मार्ग,सामाखुशी
२०६७-०८-०१,१:१४ बजे
No comments:
Post a Comment