गहिरो सोच्न यो मस्तिस्कमा
अलिकती हटी दे न तं
मेरो बाटो नछेक्न
ए अलक्षिणी निदरी !
पुग्नु छ मलाई गन्तब्यमा
आएर ढुक्ने नगर्न
मेरो उद्धेस्य रोकेर
ए अलक्षिणी निदरी !
पुर्याई मलाई खाटमा
निसङ्कोच तं बस्न पाउंदा
हुनेछस तं धेरै नै खुशी
ए अलक्षिणी निदरी !
म कुस्ती खेल्न सक्दिन
अद्रिश्य म बन्न सक्दिन
लुकेर भाग्नलाई दिदैनस
ए अलक्षिणी निदरी !
भागेर पनि म जाउं कहाँ
लखेटी लखेटी आउंछस
केही दिन मलाई छोडि दे
ए अलक्षिणी निदरी !
(मेरी प्यारी छोरीले यो बर्ष board exam दिदैछिन् ,पढ्ने इक्ष्या हुँदा हुँदै पनि निन्द्राले उनीलाई सताइरहेको देखेर प्रस्तुत गरेको छु,सायद उनी यो मन पराउनेछिन )
२०६७-०७-१४,दुम्ब:मार्ग,सामाखुशी ,२०:३५ बजे
ha ha ha
No comments:
Post a Comment