जौ रोपेर शुरु भएको यो सालको दशै पनि
फुलपाती भित्त्र्याएर मार हानेर अघी बढ्यो
टिका के मात्र लगाएथें निधारमा अनी जमरा शिरमा
पुर्णिमा आएर ढोकैमा जिस्क्याउन थाल्यो
तैले के गरिस ए ! तँ निकै खुशी छस्
यो दशैमा गर्न नै के सकिस् र रमाउंछस्
जुम्ला हुम्लामा खाने चामल छैन
तँ निधारमा लगाएर पुरुस्वार्थ गर्छस
आफ्नै देशमा बनेको अगरबत्तीको बास्नाले पुगेन तँलाई
लाखौंको धन स्वहाँ पारेर मख्ख पर्छस्
जमघट भन्छस अनी
बोलाउछस वरीपरी भएका र आफ्ना भनाउँदा
दंग पर्छस लाखौंको नोठ बाड्दा
अनी सयौं बोतल रख्सी खनाउँदा
करोडौको स्याउ भित्र्याउछस
रसिलो भन्दै छिमेकी बिदेशबाट
कुहिएर गएको नि देख्दैनस त
जुम्ला हुम्लाका ति आफ्नै देशबाट
कती हास्छस ए ! नामर्द तँ
खुशी हुँदै रमाएर
थुप्रै हवाइ यात्रा गराइ सके
भागी सके करोडौ कमाएर
अब त भाग भो
कुर्ने छैन तेरो आफ्नै कुर्ची लडाए पनि
टिका लगाइदिने कोही छैन तेरो अब
सकिसक्यो दशै पनि ।।।।
सामाखुशी गल्कोपाखा २०६७-०७-०४
No comments:
Post a Comment