Saturday, November 20, 2010

खै तिम्रो उपस्थिती !

दश गजामा एस.एस.बि.ले आफ्नो कब्जा जमाइसक्यो
धौलाकोटमा तुइन तर्दा आफ्नै जनता बगाइसक्यो
तिम्रो खबर लिन जांदा पत्रकारलाई कुटाइ सक्यौ
देशभित्र आशान्तीको ज्वारभाटा फुटाइ सक्यौ

उच्च नेता भन्दै आँफै हात्तीबनमा छिर्न गयौ
जनताको सामु आज नौटन्कीमा गीर्न गयौ
अझ विश्वाश छैन म मा तिमीबाट केही पाउने
हात्तीबनको छलफलबाट गांठी कुरा बाहिर आउने

एउटा पर्यौ दक्षीणको अर्को उत्तरबाट बगी आएको
यतिका दिन बिती सक्यो खै त जनताले केही पाएको

छाडा रै छ लोकतन्त्र नि प्रजातन्त्र भन्दा छाडा
जनतालाई गोरु अनी देशलाई ठानेउ गाडा


यो देशको कुनै ठाउँमा तिम्रो उपस्थिती छैन
पचहत्तर जिल्ला हेर सिंह दरबार मात्र नेपाल हैन


त्यही भित्र नि तिमीलाई कालो मोसो दल्नआए
तिमीलाई छाडा छोडिदिन्थेंऊ शान्तीसँग जल्न पाए


दिन दहाडै न्यू रोडमा बन्दुकको गोली चल्छ
सुरक्षा छ कडा भन्दा नेपालीको मन जल्छ
अघी पछी सेना राखी हिड्दा शान्ती हुन्छ भने
अझ शान्ती हुन्थ्यो होला तिमी आँफै सेना बने ।।।।

दुम्ब:मार्ग,सामाखुशी
२०६७-०७-१९,म्ह;(गोबर्धन) पुजा,२३:०९ बजे   

No comments:

Post a Comment