Saturday, November 20, 2010

के हौ तिमी को हौ तिमी

अब झनै यो देशमा देशभक्त नपाईने भो
चुनावमा भोट हाल्न नागरिकता नचाहिने भो
ढाका टोपी लगाएर शिर उठाइ हिंड्नु कहाँ
देशभित्रै नेपाली भै बाँच्न अब नपाइने भो 

सिमा पारी तरी तरी मतदाता ल्याउने भए
के नै बाँकी थियो यहाँ भा को सबै भ्याउने भए  
संघियता भन्नेहरु हुलका हुल उठ्नु कहाँ 
आत्मनिर्णयको अधिकार खोज्ने अझै धेरै जुट्ने भए

देशभित्र बजेट भाषण गर्न यहाँ नदिने भो
क्यान्टुन्मेन्टका जन सेना सभा जान नदिने भो
ढाका टोपी लाउने यहाँ लडीरन्छन मिल्नु कहाँ
हिन्दी भाषण गर्ने अनी धोती लाउने रमाउने भो

एक फेर फर्किएर ऐना अघी बस तिमी
तिमीले गर्या निर्णयलाई निश्चल भै सोच तिमी
छातीमाथि हात राखी निर्भिक मनले बोल्न सके
अनी तिमीले चाल पाउने छौ  को हौ तिमी के हौ तिमी

दुम्ब:मार्ग,सामाखुशी
२०६७-०८-०३,०९:४५बजे 

No comments:

Post a Comment