Saturday, November 20, 2010

तिमी फुल म भवरा

म मेघ भए तिमी बादल बन्नु
म बादल भए तिमी पानी बन्नु
म पानी भए तिमी हावा बन्नु
म हावा भए तिमी फुल बन्नु
भवरा भै म तिम्रो सामु नाची रहन्छु
तिमीलाई सुम्सुम्याई म हाँसी रहन्छु,

म शब्द भए तिमी गीत हुनु
म गीत भए तिमी संगीत हुनु
म संगीत भए तिमी धुन हुनु
म धुन भए तिमी लय हुनु
स्वर भई म गीत गाई रहन्छु
नर्तकी भै तिमी अघी नाचिरहनु,

म जमिन भए तिमी नदी हुनु
म नदी भए तिमी डुंगा हुनु
म डुंगा भए तिमी बहाना हुनु
म बहाना भए तिमी यात्री हुनु
म माझी भई तिमीलाई घुमाइ रहन्छु
एक टकमा तिमी मलाई हेरी रहनु,

म आकाश भए तिमी जुन हुनु
म जुन भए तिमी तारा हुनु
म तारा भए तिमी ग्रह हुनु
म ग्रह भए तिमी कण हुनु
म पनि कण भई घुलिन हुनेछु
तिमीसँग संगै बस्ने कसम खाने छु ।।।    

२०६७-०७-२५, १८:०१ बजे
दुम्ब:मार्ग,सामाखुशी

No comments:

Post a Comment