Saturday, November 20, 2010

के के ठानें मैले

तिमीलाई मन्दिर ठानें दिनरात नै पूजा गरें
यती बुझ्न गाह्रो भयो मन्दिराको घण्टा रहेछु, 

तिम्रा इक्ष्या पुरा गरें तिम्रा सबै प्यास मेटें
यती बुझ्न गाह्रो भयो पानी सकिएको बोतल रहेछु 

तिम्रा दु:ख सबै बुझें आँफै कती कष्ट सहें
यती बुझ्न गाह्रो भयो खोला तरे पछीको लौरो रहेछु,

कठिनाईमा साथ दिएं सुख दिएं आंसु पिएं
यती बुझ्न गाह्रो भयो नबालिने ममबत्ती रहेछु ।।।


दुम्ब:मार्ग,सामाखुशी २०६७-०७-१५,०९:४९बजे 







No comments:

Post a Comment