Saturday, November 20, 2010

अर्काको त अर्कै हुन्छ

मैले ठाने  रगत सबैको
मेरो जस्तै रातो हुन्छ
जस्तो आफ्नो जन्म प्यारो
अरुलाई नि त्यस्तै हुन्छ
कुखुरीले हाँसको बच्चा
पाल्न खोज्दा कहाँ हुन्छ
हाँसको बच्चा हाँसको माउ
देखे पछी आँफै रुन्छ,
कुखुरीको नि के दोश थ्यो र
हाँसको बच्चा रोइदिनुमा
चल्ला रोला भन्दा पनि
हाँसको बच्चाको आमा भैदिनुमा
आफुलाई समर्पित गरी
खाए नखाएको उसलाई
थाहा थिएन आफ्नो चल्लाले
तर पिर थियो
हाँसको बच्चाको कि
उ भोकाउलिन कि भनेर,
पखेटाले ढाकेर राखेकी थीइन्
चिसोले हान्लाकी भनेर
आफ्नो चल्ला कहाँ थियो
उसलाई थाहा थिएन बरु
चिसोमा खेल्दै थियो वा
हिलोमा डुब्दै थियो
मरिहत्ते गरी बिचरी त्यो कुखुरीले
हाँसको बच्चालाई न्यानोमा राख्न
खुशी नै देखिन्थ्यो कुखुरीको चल्ला जस्तो
मिलेकै देखिन्थ्यो एउटै घरको परिवार जस्तो
खाएकै जस्तो ह्ऋष्टपुस्ट अरुले नै डाह गरु जस्तो
एक्कासी हाँसको छायां देखिदा
रोदनमा परिवर्तित् हांसो
अनी दर्दनाक पिडाको छटपटाहटमा परिवर्तित् खुशीहरु 
लाग्यो नाटक मन्चन भैरहेको रहेछ
बिचरी कुखुरी
अवाक भै इन्तु न चिन्तु भै रहिछ
घांटिमा सुकेका थुकहरु
शुन्य मस्तिस्क
मुटुमा अल्झिएका  मायाहरु
प्रफुष्टनमा अड्किएका शब्दहरु
कुनै गती बिनाको खोला जस्तै
टक्क अडिएको हावा जस्तै  
बिछट्ट मायाको यो उछिङ्ख्रलतामा 
एक पटक आँफैलाई बदल्नु पर्ने महशुसतामा
चुपचाप बसीरहिछ बसीरहिछ
सम्झेर उसले-
रगत सबैको रातो हुन्छ
आफ्नो जन्म प्यारो हुन्छ
आफ्नो ठाने आफ्नै हुन्छ
अर्काको त अर्कै हुन्छ ।।।।।। 
हे भगवान ........................

दुम्भमार्ग,सामाखुशी
२०६७-०७-०५,बिहान ०८:२३            
अर्काको त अर्कै हुन्छ

No comments:

Post a Comment