(व्याख्या सहित )
हामी सबको आमा एउटै हामी छोरा फरक फरक
जात हाम्रो पुरै एउटै थर हाम्रो फरक फरक
(आमा - नेपाल,छोरा - रामचन्द्र,पुष्पकमल र झलनाथ )
(जात - बाहुन,थर- पौडेल,दाहाल र खनाल )
जुत्ता हाम्रो टेक्ने उस्तै टोपी हाम्रो फरक फरक
सिमाना र धर्म एउटै चाड हाम्रो फरक फरक
(टेक्ने धर्ती-नेपाली भुमी,टोपी-भादगाउले,ढाका र लाउदै नलाउने फरक राष्ट्रसँग नजिक)
(नेपाली सिमाना सबैको एउटै र तिनैको धर्म हिन्दू तर कोही दशै मान्ने कोही नमान्ने )
आमाको दुध चुसाई उस्तै समय त्यो फरक फरक
जन्मिदाको ठाउँ उस्तै भुगोल हाम्रो फरक फरक
(फरक फरक समयमा शासन गरे पनि भत्ता नलीई कसैले नेपालआमाको सेवा नगरेको )
(तिनै जना नेपाली हरियालीमै जन्मिए पनि कोही समथर कोही डांडाकांडामा जन्मिएको )
घमण्डको पारा उस्तै पार्टी हाम्रो फरक फरक
भूमिगतको बसाइ उस्तै गुरुआमा फरक फरक
(१६ पटकको चुनावले समेत नतिजा ननिस्किदा न हार्नेले न हार्नेलाई छोड्ने - तिनै बराबर )
(सकृय खुला राजनीतिमा आउनु पुर्व सबै भारतमै भिन्न भिन्नसँग शरण लिई भूमिगत )
जनतामाथी डसाई उस्तै सरकार हाम्रो फरक फरक
अब बन्ने निती उस्तै तर पालो फरक फरक
(तीन ठुला पार्टीले सरकार चलाऊदा जनतामुखी कार्यक्रम ल्याउन नसकेर जनता आक्रन्त)
(अब फेरी तीन ठुला पार्टीले पालै पालो प्रणालीमा सरकार चलाऊन तयार तर निती पुरानै )
दुम्ब:मार्ग,सामाखुशी
२०६७-०८-०२,२१:५०बजे
<Photo 1>
No comments:
Post a Comment