Saturday, November 20, 2010

अक्टोबर २०१०

मनमा दन्केको रांकाहरु
छछल्किएका मानसपटल
गर्जिएका रातोपिरो रुप
एकोहोरो चहल पहल
सुनसान मध्यरात
घनघोर बर्षातको आवाज
घुम्टो ओढेको झपक्क अंध्यारो रात
सोचाइको द्रुतगतीमा गोलाकार घुमाइ
निन्दरीको आक्रमण
कण्ठको कठिनाई
पक्षघातको सम्भावना
सिलिंगमा झुन्डिएको अङ्कुशी
मुल ढोकाको साचो
सामाजिक प्राणीहरुको सम्झना
जिम्मेवारीको झझल्को
अन्त्य पछीको कल्पना
दोषारोपणको ओईरो
आत्मग्लानीको अभाव
परिबेशको शिकार
निरन्तर अनुरोधको प्रयास
समझदारीको आवश्यकता
लगातार क्षमायाचना
भित्र बहिरको पर्खाल
वारीपारीको खुशीयाली
पानी नपर्दाको हरियाली
८२३ बर्षपछीको अक्टोबर
५ शुक्र,५ शनी र ५ आईतबार । । ।


दुम्ब: मार्ग,सामाखुशी २०६७-०७-१६ , २१:५७ बजे   

No comments:

Post a Comment