Saturday, November 20, 2010

फेरी एउटा नायक आऊ

अब फेरी त्यस्तो एउटा सपुत यहाँ जन्मी देऊ
देशलाई बन्धक बनाउनेलाई समाइ समाइ रेटी देऊ

अशान्त भो देश अनी राजनीति नी धेर भयो 
उथुल् पुथूल गरी यहाँ शान्ती ल्याउन  बेर भयो

पूर्व पश्चिम फर्कनेलाई जुटाउन कोही आऊ
देश बिगार्न एक हुनेलाई फुटाउन कोही आऊ

जुटाउन एकताको क्रान्तिकारी हात बनाऊ
हटी हैन डटी लड्न सब नेपाली एक बनाऊ

दन दन दन्काएर मशालको जुलुश ल्याऊ
तराइ ल्याउ पहाड ल्याउ मधेश र हिमाल ल्याऊ

बत्ती ल्याउ पानी ल्याउ संबिधान र शान्ती ल्याऊ
फुट्न हैन १४ अञ्चल ढुङ्गा जस्तो एक बनाऊ ।।।

दुम्ब:मार्ग,सामाखुशी
२०६७-०७-०९,२०:१५
क्रान्तिकारी जय नेपाल

No comments:

Post a Comment