Tuesday, March 1, 2011

गजल - ४१


तेरी सासु अलिकति छुचो जस्तो लाग्यो
कपाल हेर्दा बढार्ने कुचो जस्तो लाग्यो

लवाई खुवाई चालचलन दर्वारिया जस्ती
सबै राम्रो नाक अलि चुचो जस्तो लाग्यो

आफ्नो भा'को सबै बेची यतै हेरी रा'छे
छोरी कुटी ज्वाईँ फकाउने लुचो जस्तो लाग्यो

मान्छे कोही भेट्न हुन्न के के कुरा गर्छिन्
स्तरभन्दा कुरो चाँही उचो जस्तो लाग्यो ।।

 दुम्ब:मार्ग,सामाखुशी
२०६७-०९-१४,०१:३५ ब

No comments:

Post a Comment