के के गरी तान्यौ मन ?! तानी राख यसै गरी
जे गरेनी छान्यौ मन, छानी राख यसै गरी,
गम्किएको ठान्यौ होला, चुपचाप बस्दा खेरी
मैले जस्तै आफ्नो मान्छे, ठानी राख यसै गरी,
जहाँ जाउँ जता जाउँ, तिमीलाई साथै राख्छु
जे जे भन्छु तिमीलाई, मानी राख यसै गरी,
तिम्रो मेरो सम्बन्धको, डाह गर्ने धेरै रै'छ
हाम्रो नाता सधैभरि, बानी राख यसै गरी,
सुख दु:ख यस्तै नै हो, जिन्दगीको नियमै हो
आँसु झर्दा पानी पर्दा,धानी राख यसै गरी,
एक दिनलाई हैन, जुनि जुनि बाँच्नु पर्छ
दु:ख बाँड्न सुख साट्न, जानी राख यसै गरी
तिम्रो बोली मेरो लागि शुभ लाभ भै रहेछ
जति पिडा परे पर्छ हानी राख यसै गरी ।।
२०६७-११-०६,०६:२७ बजे
No comments:
Post a Comment