प्रणयको मन्दिरमा लाम दिउँ आज
मायाँ गर्ने जोडिलाई ठाम दिउँ आज,
बिचलित दुई मुटु मिलाउने गरी
एकचित्त हुने कुनै गाम दिउँ आज,
दुई हात एक माथी अर्को राखी कन
थुनी दिने भए कुनै खाम दिउँ आज,
नपाए नि बसन्तको याम दिने गरी
प्रेमलाई फस्टाउने घाम दिउँ आज
यौवनका प्रेमलिला गर्न दिउँ साँझ
मुटुलाई मायाँ गर्ने काम दिउँ आज ।।
२०६७-११-०२,०६:५० बजे
No comments:
Post a Comment