Tuesday, March 1, 2011

गजल-३६


जीवन यसै चल्दै थियो सुख सबै फाटी हाल्यो
आउँदै थियो खुशी यतै त्यसले डाँडा काटी हाल्यो,

मिलन पनि कस्तो होला पुरै भर थियो उसमा
आउला भनी कुर्दा कुर्दै उसले पनि ढाँटी हाल्यो,

नयन भरि आँसु आयो पुछी दिने कोही थे'न
हौसलालाई पर्खि बस्दा गल पासो बाटी हाल्यो,

जिन्दगीका मिठा मिठा पलहरू यादै थियो
भयङकरको हुरी आई सबै पल चाटी दियो,

रोज्दा रोज्दै सोच्दा सोच्दैजीवनले छल्दै गयो
आउँदै जाँदै रुवाउँदै हाँसो सबै साटी हाल्यो ।।

२०६७-११-०४,१९:२५ बजे


No comments:

Post a Comment