भरिएका रङ तिम्रा, लुकी हेर्न मन लाग्यो
लुकी हेर्न दोबाटोमा, ढुकी हेर्न मन लाग्यो,
लाजै लाग्यो हेर्दै जाँदा, तिमीलाई हेरि रहेँ
उठी हेर्दा छेक्यो के ले, झुकी हेर्न मन लाग्यो,
घण्टौँ हेरेँ एकनास, आँखा च्याती च्याती हेरेँ
हेर्दा हेर्दै जीवै सुक्यो, थुकी हेर्न मन लाग्यो,
सानो थियो हेर्ने प्वाल, के ले छेकी दियो कुन्नी !
देख्छु अझै हेर्छु भनी, फुकी हेर्न मन लाग्यो,
सानो थियो हेर्ने ठाउँ , अट्न सारै गारो थियो
ठुलो जिउ अलिकती सुकी हेर्न मन लाग्यो ।।
२०६७-११-०६,०९:१७ बजे
No comments:
Post a Comment