(हिजो प्रजातन्त्र दिवस – जुन दिन कैदमा रहेका केही असल कैदीहरुलाई गृहमन्त्रीको सिफारिशमा कैद मिनाहा गर्ने परम्परा छ,आज देशमा गृहमन्त्री नहुँदा त्यो कार्य हुन सकेन र कैयन आशाका किरणहरू कालो बादलले ढाकेका होलान्,आफ्नो पति,पिता,पुत्र आदि रगतका नाताहरु । त्यसैको सम्झनामा समर्पण यो गजल ।)
कसो गरी बिताउँ म ? तिमी बिना फेरि
बनाउन सक्दिन म, नयाँ चिना फेरी,
जिन्दगीको गोरेटो यो, उकाली ओराली
लगाउन सक्दिन कि ! कुनै छिना फेरि,
तिम्रो याद मनभरि, लिई बाँची रा'थेँ
च्यापिएर जिन्दगी यो, हुन्छ पिना फेरि,
आजै छुट्छौ भन्ने थियो, भरि राखेँ आशा
कता लगी पाल्ने होला, सिनाबिना फेरि,
कहाँ गई भन्दा हुन्थ्यो ?! रुनै जानु हुन्थ्यो
छुट्छौ भन्ने अझै पनि ,आशा झिना फेरि ।।
२०६७-११-०८,०१:४७ बजे
No comments:
Post a Comment