समयको खेल भन
या
जीवनको झेल भन
बज्रपात भयो यसरी
भयो जे भयो
त्यो पर्दो रहेछ सहन,
न मेरो थियो दोस कुनै
न थियो अरु कसैको
बज्रपात भयो यसरी
भयो जे भयो
त्यो पर्दो रहेछ सहन,
हासी खुशी बसेको छु अझै
मृत्युले छोड्यो जिस्काउन
बज्रपात भयो यसरी
भयो जे भयो
त्यो पर्दो रहेछ सहन ।
२०६७-६-२ साँझ ६:२५ ,
दुम्ब:मार्ग,सामाखुशी
( म सागर र बासु जती त लेख्न जान्दिन तर प्रयास गर्दैछु )
No comments:
Post a Comment