Sunday, November 21, 2010

जे हुन्छ हुन्छ नेपाल फर्के हुन्छ

जे हुन्छ हुन्छ तिमी नेपाल फर्के हुन्छ
तिमीलाई त्यहा गाह्रो हुँदा हाम्रो मन रुन्छ

तिम्रो यहाँ सबै थोक छ कमी केही छैन
केही नभएर तिमी त्यता गएको नि होइन,

केही होला कि भनी तिमी देश छोडि गयौ
देश छोडेको भोलीपल्टै घरको यादले रोयौ

तिमीलाई यहाँ के भा'थ्यो र देशै छोड्नु पर्ने
हामीलाई मात्र सोच्नु पर्ने बांच्ने हो कि मर्ने

अहिले नि क्यै भा'छैन देश फर्की आउ
यही देशमा राख्नु पर्छ तिमी हाम्ले नाउ

उमेर तिम्रो क्यै गा'छैन आजकालकै ठिटो
सकेको दिन मिठो खाउँला नसकेमा पिठो


२०६७-०६-१२ राती ११:०० बजे 

No comments:

Post a Comment