Sunday, November 21, 2010

आउन अली ढिलो भयो

आमा -
बिदेश गईस तैले बाउको माया गाली खाइनस
अन्तिम पटक बाउलाई हेर्ने तैले मौका पाइनस
अली छिटो आ'भए तैले बाउलाई हेर्न पाउथिस
तँ आ'भए तैले बाउलाई जसरी नि बचाउथिस्
अन्तिम साससम्म तँलाई बाउले बोलाइराथ्यो
तँ आउछस र बोल्छु भनी आँखा टोलाइराथ्यो
तँलाई देखी एक्कासीमा धुरुधुरु रोएं
तेरै लागि मैले तेरो बाउको शव छोएँ
बिदेशमै था'पाएर धुरुधुरु रोथिस
बगाएर अश्रुधारा सम्झनालाई धो'थिस
जे हुनु भो भैगो छोरा मनलाई स्थिर बना
ठुलो मान्छे बनाछन् बाउले ठाडो शिर बना
छोरा -
हेर आमा मैले पनि बाउलाई सम्झीराथें
त्यसैले त हतार गरी स्वदेश फर्कीराथें
बिरामी त्यो बाउलाई मैले त्यसै छोड्या हैन
बिदेश गई ऋणै तिरें अरु जोड्या छैन
भो भो आमा नरोउ अब जे हुनुथ्यो भैगो
नदेखे नि ईश्वरले बाउलाई स्वोर्ग लैगो । । ।

मिती :- २०६६-०८-१५ ,गोकर्ण
( माथि लेखिएका शब्दहरु आदरर्णीय दाजु श्री सञ्जय थापा ज्युको अमेरिकाबाट बाबाको स्वोर्गारोहण भै एअरपोर्टबाट घर पुग्दा आमासँग म आफै सञ्जय दाई भएको सम्झिएर स्थलगत लेखिएको काल्पनिक कबिता हो ,यसबाट कसैलाई असर पार्ने उधेस्य मेरो होइन तर पर्न गएमा क्षमा  चाहन्छु । )          

No comments:

Post a Comment