गीता पढें मरी लानु के रहेछ र ! मेरो केही छैन यहाँ भनी
मानसपटल भरिएको थियो जन्मी आउँदा ल्याएको के थियो र !भनी
एउटै मात्र पाठ नपढी यो मन किन हुन्छ चुलबुले सबै पुस्तकमा डुलेँ
चाणक्य के सिकेको थिएँ एकै छिनमा गीताको सबै उपदेश भुलें
जे देख्यो त्यही चाहिएको छ मलाई सात पुस्तेसम्मलाई पुर्याउन
सक्दैनन कि भनी आफ्ना सन्तानले मैले जस्तै गरी जुटाउन
मै बाठो छु मै छु चलाख मैले नै जान्या छु सब थोक भनी
मै हुँ समाजको ठुलो मान्छे भन्छु अरुलाई एक रत्ती नि नगनी
मै खाऊँ मै लाउँ मैले नै सब सुख सयल गरुँ अरुलाई किन चाहियो र !
मेरा पुर्खाले कमाएको मलाई मात्र हो अरुले माग्दैमा कहाँ पाईयो र ?!
गन्हाउछन तिम्रा शरीर मेरो नजिक नआऊ तिमी परै बस्ने गर
चिल्ला गाडी मैले मात्र चढ्ने हो तिमी त पैदलै हिंड्ने गर
तँ छाड् म छाड् गर्नु परेको छ मलाई कतै अर्कैले पो जित्छ कि भनी
खोक्रो आडम्बर देखाउनु छ मलाई मसँग हुँदै नभएको सुनाएर पनि
मेरा बाउले घिउ खाएथे रे नभए तिमी अहिले मेरो हात सुँघी हेर
के हौ तिमी र के लगाएका नै छौ र! एक पटक आँफै नुघी हेर
बाचुन्जेल सबै यहाँ ठुलो मान्छे बन्दै यस्तै यस्तै गर्नलाई गर्दछन
जती गरे पनि आखिर अन्त्यमा खाली हात लिएरै मर्दछन
जे गर्नु छ गरुँ यहाँ अरुलाई पनि हुने हामीले बाचुन्जेल हाँसेर
रहनेछ नाम तिम्रो मेरो अनी सबैको जाँदैन कसैगरी नासेर । । ।
दुम्ब:मार्ग,सामाखुशी
२०६७-०८-२२,१:०२ बजे
No comments:
Post a Comment