Tuesday, December 7, 2010

मेरो कसम

नचाहेरै रुवाएँ होला कहिले काँही तिमीलाई
अब कसम तिमीलाई कहिले पनि रुवाउँदिन

रुनु थियो जती रोयौ तिमीले अब रुनु छैन
अब कसम तिमीलाई एक्लो कहिल्यै बनाउँदिन 

कती रात तिमी एक्लै म नि सुतेँ होला एक्लै
अब कसम दुइटा मुटु बेग्ला बेग्लै टुक्र्याउँदिन 

अन्तै मन डुल्यो होला कहिले काँही छोडि तिमीलाई
अब कसम यो मनलाई अन्त कतै झुकाउँदिन 

जानाजानै के हुन्थ्यो र अन्जानमै भा होला क्यै
अब कसम पापी मन कहीँ पनि डुलाउँदिन

बाटो अझै काट्नु पर्ने सँगसंगै लामो नै छ
अब कसम साथसाथ हिड्छु साथ छुटाउँदिन 
।।। अस्तु ।।।   

(आज मेरो दाम्पत्य जीवनको १७ बर्ष पुरा भै १८ बर्ष प्रवेशको दिन । )
दुम्ब:मार्ग,सामाखुशी
२०६७-०८-२१,१०:३२ बजे

No comments:

Post a Comment