Friday, February 4, 2011

गीत : तिमी निहारिका


तिमी मेरी आकाश कुसुम, तिमी निहारिका
अपहत्ते गर्नुपर्ने, मायाँ यो के तरिका !!

बिन्ति थियो छाडी नजाऊ, तिमी गयौ सासै छैन
अहिले नि कामना छ, फर्की आउने आशै छैन
दिलै खोली ला'को मायाँ मेरो लागि व्यर्थ भयो
भगवानको ढोका अघि प्रार्थना के अर्थ भयो,

झिँगा प-यो मलाई त पिरतीको पैलो गाँस
रुखो मायाँ छानी गयौ अपुताली पाउने आश
पाखोबारी बेचे पनि जीवनभरि खुशी हुन्थ्यौ
मेरो केही सुन्या भए आज आई किन रुन्थ्यौ ।।

२०६७-१०-२१,०९:३० बजे

No comments:

Post a Comment