Saturday, January 1, 2011

नयाँ वर्ष तिमी फेरी आयौ ??!!

फेरी आयौ नयाँ वर्ष तिमी घुम्दै घुम्दै आयौ
दु:ख सुख बराबर गरी चुम्दै चुम्दै आयौ
सम्बिधानको गर्भाधानमा छटपटी रहेको बेला
मेरा घरमा के थियो र ! तिमी यसरी रमायौ !

ठुला ठुला शहरहरू झैँ रङ.गीचङ्गी बनायौ
ब्रम्हचारी भन्नेहरूलाई रातको मातमा झुमायौ
मैले अनुदानको शान्ती पाल्न नसकी रहेको बेला
मेरा घरमा के थियो र ! तिमी यसरी रमायौ !!

बैरोलाई पनि कहिल्यै नसुनेका गीतहरू सुनायौ
अन्धोलाई नि कहिल्यै नदेखेका झिलिमिली देखायौ
गाउँमा हुर्के बढेकालाई यहाँ शहरिया के बनायौ !
मेरा घरमा के थियो र ! तिमी यसरी रमायौ !!!

खुशि ल्यायौ दु:ख पखाल्यौ पलभर रमझम बनायौ
पिर ताप सबै हटाई मनमा थोरै आशा जगायौ
घरैभित्र भाइ भाइमा कलह भैरहेको बेला
मेरा घरमा के थियो र ! तिमी यसरी रमायौ !!!

२०६७-०९-१७,१५:५१ बजे
दुम्ब:मार्ग,सामाखुशी

No comments:

Post a Comment