Sunday, December 26, 2010

गजल


गहिराईमै मायाँ लाउने नजुटेको कहाँ हो र !
हाँसो खुशी आई मलाई नलुटेको कहाँ हो र !

आँखाभरी आँसु बोकी तिमीले हात हल्लाई जाँदा
मेरो पनि भक्कानो त्यो नफुटेको कहाँ हो र !

एउटा रुमाल सम्झना त्यो तिमीले मलाई थमाई दिँदा
भेट हुन्न भनी दिल नटुटेको कहाँ हो र !

तिमीलाई बिदाई गर्ने मेरो बाध्यताले कर लगाउँदा
सकेसम्म तिमीलाई रोक्न नजुटेको कहाँ हो र !

उत्तानो र कोल्टे फेर्छु रातभरि नीँद नआउँदा
समाजको लाञ्छनाले नचुटेको कहाँ हो र !

दुम्ब:मार्ग,सामाखुशी
२०६७-०९-११,०८:४५ बजे
"एक शेर बढी छ,झिक्न मन लागेन "

 

No comments:

Post a Comment