यस्तो तिमी नसम्झनु संसार सधैं तिम्रो हुन्छ
मनमा राम राम बगलीमा छुरा कसले देख्न सक्नु
यस्तो तिमी नसम्झनु मान्छे सधैं एकै हुन्छ
रातमा र उज्यालोमा फरक कसले देख्न सक्नु
यस्तो तिमी नसम्झनु छाल सधैं एकै हुन्छ
गहिराई र ढुङ्गामाथी फरक कसले नाप्न सक्नु
यस्तो तिमी नसम्झनु शक्ती सधैं तिम्रै हुन्छ
सुसाएर तिमी बहदा कसले पौडी खेल्न सक्नु
यस्तो तिमी नसम्झनु तिमीलाई साथ सधैं हुन्छ
समुन्द्रको किनारहरु एक ठाम बग्न कहाँ सक्नु
यस्तो तिमी नसम्झनु भिडले सधैं पच्छ्याउनेछ
समुन्द्रको दुई किनारले कहाँ एउटै धर्ती टेक्नु ।।।
दुम्ब:मार्ग,सामाखुशी
२०६७-०९-०१,१८:०५ बजे
No comments:
Post a Comment